काठमाडौँ । अमेरिकी सहायता परियोजना (एमसीसी) बन्द हुने भएको छ । एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग डगी ले एमसीसी बन्द गराउने निर्णय लिएको हो ।
यो परियोजनाअन्तर्गत नेपालमा पनि सडक र ऊर्जा क्षेत्रमा परियोजना सञ्चालन माथियो । अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनको यो कदमसँगै नेपालमा सञ्चालित एमसीसीअन्तर्गतका परियोजनाहरू पनि रोकिने छन् ।
अमेरिकी समाचार संस्था सीएनएनले जनाएअनुसार डगीले सबै कर्मचारीलाई एक इमेल पठाएको छ । जसमा एमसीसी अनुदान बन्द हुने उल्लखे छ ।