मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

सङ्खुवासभामा चट्याङ लागेर १७ वटा भैँसी मरे 


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/8897
    बैशाख १५, २०८२ सोमबार
    सङ्खुवासभामा चट्याङ लागेर १७ वटा भैँसी मरे 

    काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिका–३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैसी मरेका छन् । वर्षासँगै परेको चट्याङ लागेर मकालु–३ स्थित कालोपातलमा चराउन जङ्गल लगिएका भैँसी मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । 

    चट्याङ लागेर मकालु ३ का पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीका गरी १७ वटा भैँसी मरेका प्रहरी निरीक्षक लामिछानेले बताए । चट्याङ लागेर भैँसी मर्दा १० लाख बढीको क्षति भएको छ ।  घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय हेदाङ्नागढीको टोली सोमबार घटनास्थलतर्फ लागेको छ ।

    घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङ्नागढीबाट ३५ किलोमिटर पदैल दूरीमा पर्दछ 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij