मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै


  • 262
    SHARES
  • https://indrenipost.com/index.php/posts/8934
    बैशाख १९, २०८२ शुक्रबार
    सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

    काठमाडौं । संघीय संसदका दुवै सदनको संयुक्त बैठक बस्दैछ सरकारले आज आर्थिक बर्ष २०८२।८३ का लागि नीति तथा कार्यक्रम सार्बजनिक गर्दैछ । जसअनुसार राष्ट्रपति रामचन्द्र पौडलले सरकारको नीति तथा कार्यक्रम बाचन गर्दैछन् ।बैठक दिनको ३ः०० बजेवाट सुरू हुनेछ ।

    सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार संयुक्त बैठकको सम्भावित कार्यसूची तय भएको छ। नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ।

    सभामुख देवराज घिमिरेले दिनको २ बजेर ४५ मिनेटभित्र प्रतिनिधिसभाका सदस्यलाई आशनग्रहण गरिसक्न र निर्धारित पोशाकमा उपस्थित हुन यसअघि नै आग्रह गरिसकेका छन्।

    यस्तै नीति तथा कार्यक्रममा युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा सरकारको नीति तथा कार्यक्रम केन्द्रित हुने विश्वास लिइएको छ।

    यस्तै, वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ। प्रि-बजेट छलफलका रूपमा त्यसलाई लिइएको छ। नेपालको संविधानअनुसार आगामी, जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था रहेकाे छा।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij