मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

प्रधानमन्त्रीले भने, ‘भारत पास्कितानबिच अलिकति हात हालाहाल भएको थियो, हामीले पनि लडाइँमा नजान भन्यौँ’ 


  • 253
    SHARES
  • https://indrenipost.com/index.php/posts/9069
    बैशाख २९, २०८२ सोमबार
    प्रधानमन्त्रीले भने, ‘भारत पास्कितानबिच अलिकति हात हालाहाल भएको थियो, हामीले पनि लडाइँमा नजान भन्यौँ’ 

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले सुरुवातदेखि भारत र पाकिस्तानलाई लडाइँ विस्तार नगर्न आफुहरुले आग्रह गरेको बताएका छन् । सोमबार २५६९औँ जन्मजयन्तीका अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा ओलीले कुरा गर्दा लडाइँमा नजाने प्रतिबद्धता व्यक्त गरेको जिकिर गरे ।

    “हाम्रै छिमेकमा झन्डैझन्डै भारत र पाकिस्तानको अलिकति हात हालाहाल त भएको थियो । तर, हात हालाहाल बढ्न पाएन । संयमका लागि उहाँहरूलाई धन्यवाद छ । हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् है यो,” उनले भने, “यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गर्‍यौँ ।”

    ओलीले अझै पनि खचपचको अवस्था भने कायमै रहेको बताए । “उहाँहरूसँग पनि कुरा गर्‍यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि आरोपप्रत्यारोपको अवस्था छ,” उनले भने ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij