मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

राजनीति

काँग्रेसबाट को-को बन्दैछन् मन्त्री ? (नामसहित)


  • 2.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/909
    असोज १२, २०७८ मंगलबार
    काँग्रेसबाट को-को बन्दैछन् मन्त्री ? (नामसहित)

    काठमाडौं । सत्ता गठवन्धन आबद्ध दलहरुबीच भएको सहमतिअनुसार प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको भागमा ७ मन्त्रालय परेको छ । 

    काँग्रेसबाट हाल सरकारमा गृहमन्त्रीको भूमिका बालकृष्ण खाँण छन् । यस्तै कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र परराष्ट्रमन्त्री डा.नारायण खड्का छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी उमेश श्रेष्ठलाई दिएका छन् ।

    अब भने कांग्रेसले तीन फुल मन्त्री पाउने सहमति भएको छ । जसमा काँग्रेस भित्रको रामचन्द्र पौडेल समूहबाट दिलेन्द्र बढु मन्त्री बन्ने पक्का जस्तै छ । यस्तै सो समूहबाटै कांग्रेस महामन्त्री रहेका डा।शशांक कोइराला निकट नेता डा।मिनेन्द्र रिजाललाई पनि मन्त्री बनाइँदै छ ।

    यसअघि खड्कालाई मन्त्री बनाउँदा पार्टी भित्र छलफल नभएको भन्दै पौडेलसमूह आक्रोशित भएपछि देउवा सो समूहलाई दुई मन्त्री दिन तयार भएको स्रोतले बतायो । यसैगरी कांग्रेस भित्रको कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको तेस्रो धारबाट नेता भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये एक जना मन्त्री बन्ने छन् । तर सिटौलाले सोमबार राती अबेरसम्म प्रधानमन्त्रीलाई कसैको पनि नाम दिएका छैनन् ।

    यस्तै प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्री रहेका श्रेष्ठलाई राज्यमन्त्रीकै जिम्मेवारीमा राखे सो समूहबाट पुष्पा भुषालको पनि मन्त्री बन्ने सम्भावना छ ।

  • सम्बन्धित विषय:

  • # नेपाली काँग्रेस
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij