मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

आफ्नो आलोचना र विरोधमा उत्रिएपछि बालेनले प्रवक्ताबाट हटाए मानन्धरलाई


  • 262
    SHARES
  • https://indrenipost.com/index.php/posts/9122
    जेठ १, २०८२ बिहीबार
    आफ्नो आलोचना र विरोधमा उत्रिएपछि बालेनले प्रवक्ताबाट हटाए मानन्धरलाई

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले कार्यपालिकाअन्तर्गत ४ वटा समितिका संयोजकहरूको जिम्मेवारी हेरफेर गरेका छन्। बिहीबार (आज) बसेको बैठकले नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१) बमोजिम नयाँ संयोजक तोकिएको हो।

    संयोजक परिवर्तन गरिएका समितिहरूमा सूचना प्रविधि समिति, सुशासन समिति, सम्पदा तथा पर्यटन समिति र विधायन समिति छन्। यी समितिमा क्रमशः नवीन मानन्धर, ख्यामराज तिवारी, आशामान संगत र मचाराजा महर्जन संयोजक थिए। अब ती समितिमा क्रमशः वीरेन्द्र प्रजापति, दलबहादुर कार्की, विनोद कुमार राजभण्डारी र रोजिना श्रेष्ठ संयोजक तोकिएका छन्।

    यसैगरी प्रवक्ताको जिम्मेवारीमा रहेका वडा नं. १७ को वडाध्यक्ष नवीन मानन्धरसँग पछिल्लो समय बालेनको लय मिल्न छाडेको थियो। नवीनले पछिल्लो पटक प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय भित्र्याउने सन्दर्भमा अग्रणी भूमिकामा थिए।

    नवीनको ठाउँमा वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापति ल्याइएका छन्। उनी सूचना प्रविधि समिति संयोजक तथा प्रवक्ता बनाइएका छन्।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij