काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले गरेको अघोषित लोडसेडिङप्रति कटाक्ष गरेका छन् ।
मेयर शाहले देश नै डुबाउँदा पनि चुप लागेर बस्ने जनातामाथि लोडसेडिङ गरेर सरकारले आफ्नो शक्ति देखाएको बताए ।
‘देश डुबाउँदा पनि जनाताले नबुझे पछि, सरकारले बत्ती काटेर बल्ल आफ्नो पावर महसुस गराएको छ,’ उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘हेप्ने सरकारलाई ।’