मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

जापानको तेल प्रशोधन केन्द्रमा ग्यास चुहावट, एकको मृत्यु

  • 244
    SHARES
  • https://indrenipost.com/index.php/posts/9136
    जेठ ३, २०८२ शनिबार
    जापानको तेल प्रशोधन केन्द्रमा ग्यास चुहावट, एकको मृत्यु

    काठमाडौं । जापानको ओसाका प्रान्तअन्तर्गतको सकाई सहरमा रहेको तेल प्रशोधन केन्द्रमा शनिबार बिहान ग्यास चुहावटको घटना भएको छ ।

    घटनामा एक जना श्रमिकको निधन भएको छ भने दुई जनाको उपचार भइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

    घटना बिहान करिब १० बजेको भएको बताइएको छ । प्रशोधन केन्द्रको पाइप प्रणालीमा ग्यास चुहावट भएको र केही श्रमिक अचेत अवस्थामा भेटिएका छन् ।

    प्रारम्भिक अनुमानअनुसार, चुहिएको ग्यास विषालु हाइड्रोजन सल्फाइड हुन सक्ने जनाइएको छ । हाल घटनाको कारणबारे सम्बन्धित कम्पनीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    सात लाख ७० हजार वर्गमिटर क्षेत्रमा फैलिएको यो प्रशोधन केन्द्र समुद्री किनारमा अवस्थित र जापानकै एक प्रमुख इन्धन प्रशोधन स्थलको रूपमा परिचित छ ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij