मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

बस र भ्यान आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ९ जना घाइते

  • 208
    SHARES
  • https://indrenipost.com/index.php/posts/9170
    जेठ ५, २०८२ सोमबार
    बस र भ्यान आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ९ जना घाइते

    काठमाडौं । सर्लाहीमा बस र भ्यान आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। 

    पूर्व पश्चिम राजमार्गको लालबन्दी नगरपालिका-१७ रानीगञ्जबाट लालबन्दीतर्फ आउँदै गरेको ना ६ ख ७२२७ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना १ ज २६४५ को भ्यानलाई ठक्कर दिएको हो।

    उक्त बसको ठक्करले लालबन्दी नगरपालिका-१७ को २२ वर्षीया सोना पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको डिएसपी सरोज राईले जानकारी दिए। 

    'पन्तलाई उपचारका लागि लालबन्दीस्थित मोडेल अस्पताल पुर्‍याइएको थियो। अस्पतालले मृत घोषित गरिदियो,' उनले भने, 'बाँकी यात्रुहरूको अस्पतालमा उपचार भइरहेको छ।'

    उनका अनुसार दुवै गाडी घटनास्थलमै छ। तर बस चालक फरार छन्। खोज्ने काम भइरहेको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij