शुक्रबार, साउन २ गते २०८२ Jul 18 2025 Friday
images
images

विगत तीन महिनामा विपद्का कारण ९३ जनाको मृत्यु, २२ बेपत्ता


  • 559
    SHARES
  • https://indrenipost.com/index.php/posts/9542
    साउन १, २०८२ बिहीबार
    विगत तीन महिनामा विपद्का कारण ९३ जनाको मृत्यु, २२ बेपत्ता

    काठमाडौँ । गत वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा देशभर २ हजार ६५ वटा विपद्जन्य घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्षको तीन महिनामा यी घटनाहरूमा परेर ९३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन्।
    प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारका अनुसार ती घटनाहरूमा परी आजसम्म ४ सय ४५ जना घाइते भएका छन्। उनले ती घटनाहरूबाट ४ हजार १३६ परिवार प्रभावित भएको जानकारी दिएका छन।
    प्राधिकरणले आज सार्वजनिक गरेको विसं २०८२ को पछिल्लो तीन महिनाको विवरण अनुसार बाढीका मात्रै १ सय ३७ घटना भएका छन्। यी घटनाहरूबाट १३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन्।
    केही दिनअघि गत असार २४ गते रसुवाको भोटेकोशीमा आएको बाढीले सबैभन्दा बढी मानवीय क्षति गराएको थियो। माथिल्लो क्षेत्रमा भएको हिमताल विष्फोटबाट उक्त घटना भएको थियो।
    यसैगरी, पहिरोका १ सय ७५ घटनामा ६ जनाको मृत्यु भएको छ। चट्याङबाट २६ जना, आगलागीबाट १४ जना, जनावरको आक्रमणबाट १२ जना र लेक लागेर ११ जनाको मृत्यु भएको प्रवक्ता सुनारले जानकारी दिए। प्राधिकरणका अनुसार हावाहुरी, सर्पदंश र भारी वर्षाबाट पनि मानवीय क्षति भएको छ।

    बाढीबाट मात्रै १ हजार २४६ परिवार तथा आगलागीबाट १ हजार ४८ परिवार प्रभावित भएका छन्। पहिरो, चट्याङ, भारी वर्षा, सर्पदंश, हावाहुरी, वन डढेलो, लगायतका घटनाहरूबाट सयौँ परिवार प्रभावित भएको जनाइएको छ।

     

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij