आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

सिरहामा १०३ किलो गाँजासहित नौ जना पक्राउ, दुई भारतीय नागरिक पनि संलग्न


  • 334
    SHARES
  • https://indrenipost.com/index.php/posts/9704
    साउन १७, २०८२ शनिबार
    सिरहामा १०३ किलो गाँजासहित नौ जना पक्राउ, दुई भारतीय नागरिक पनि संलग्न

    सिरहा, १७ साउन — सिरहाको औरही गाउँपालिका–४ कमलपुरबाट १०३ किलो गाँजासहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान ४ बजे विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
    पक्राउ पर्नेहरूमा पाँच भरिया, एक रेक्की गर्ने व्यक्ति, गाँजाको साहु र खरिद गर्न आएका दुई जना भारतीय नागरिक रहेका छन् । जिल्ला प्रहरी प्रमुख एसपी अनन्तराम शर्माका अनुसार भरियामा गोलबजार–१ मक्सारका जयराम जोशी ४२, शिवकुमार सदा ३०, कृष्ण सदा २२, सुरज सदा १८ र पशुपति सदा १७ छन् ।
    रेक्की गर्ने व्यक्ति औरही–३ का राजेन्द्र यादव ४२ र गाँजाको साहु गोलबजार–१ मक्सारका जीवछ साह ३२ रहेका छन् । खरिद गर्न आएका भारतीय नागरिक मधुवनी जिल्ला, कुमरखद–१४ का धर्मेशकुमार कामति ३० र वैधनाथ चौधरी ३९ रहेका छन् । चौधरीको साथबाट नेपाली रुपैयाँ ४५ हजार पनि बरामद गरिएको छ ।
    प्रहरीका अनुसार गाँजा पाँच बोरा प्लास्टिकमा प्याक गरी आँपको बगैचामा लुकाइ राखिएको थियो । प्रारम्भमा भरिया पक्राउ परेपछि विस्तृत अनुसन्धानका क्रममा अन्य व्यक्ति गाँजासहित फेला परेको हो । पक्राउ परेकाविरुद्ध लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij