दमौली तनहुँ, १८ साउनः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका – २ ऐनापहरामा बस दुर्घटना भएको छ । गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १०७७ नम्बरको यात्रुबाहक बस आज दिउँसो सडकबाट तल खस्दा दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन् । उनीहरूको उद्दार गरी उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको छ ।
दुर्घटनापछि बस मस्र्याङ्दी नदीको माथिल्लो किनारमा अड्किएको प्रहरीले जनाएको छ । बस तान्नका लागि क्रेन मगाइएको छ भने दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिएको छ ।