बुधबार, साउन २१ गते २०८२ Aug 06 2025 Wednesday
images
images

कोशी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको आग्रह


  • 451
    SHARES
  • https://indrenipost.com/index.php/posts/9751
    साउन २१, २०८२ बुधबार
    कोशी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको आग्रह

    काठमाडौँ, २१ साउनः देशभर सक्रिय रहेको मनसुनी प्रणालीका कारण कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले ती प्रदेशहरूमा पर्ने सम्भावित वर्षाले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
    महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले नेपालको तराई भूभाग हुँदै सरेको छ, जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी क्षेत्रहरूमा व्यापक बदली देखिएको छ । बाँकी भूभागमा सामान्य बदलीको अवस्था छ ।
    मधेस प्रदेशका केही स्थानमा र अन्य केही प्रदेशमा मध्यम खालको वर्षा भइरहेको छ भने दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी भागमा मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको अनुमान छ ।
    रातिसम्म पनि देशभर सामान्य बदलीको अवस्था रहनेछ । कोशी र मधेस प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ । विशेषगरी कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना भएकाले स्थानीय प्रशासन र सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले पुनः आग्रह गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij