बुधबार, असार १८ गते २०८२ Jul 02 2025 Wednesday
images
समाचार
सोमबार, बैशाख १० २०८१

अर्घाखाँची । भूमिकास्थान नगरपालिका–३ रातामाटाकी वसन्ता मल्ल आइतबार दिउँसो खरानी सोहोर्दै थिए । आगलागीबा टघरसहित अन्नपात, लत्ताकपडा खरानी बनाएपछि गहभरी आँशु झार्दै उनले भने, ‘भएको बास खरानी भयो गास र बासको पनि टुङ्गो छैन । कहाँ बस्ने कहाँ खाने ।’ शनिबार दिउँसो वनमा लागेको आगो

सोमबार, बैशाख १० २०८१

काठमाडौं । सरकारले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कतारका अमिरले नेपालको राजकीय भ्रमण गर्न लागेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट सो निर्णय गरिएको हो । कतारका अमिर शेख तमिम

आइतबार, बैशाख ९ २०८१

गुल्मी । गुल्मीमा तीन दिनदेखि लागेको डढेलोले करोडांँैको क्षति भएको छ । सामुदायिक वन र निजी वनबाट सल्केको डढेलोले ६७ भन्दा बढी घर गोठ जलेका छन् । दर्जनौँ पशुचौपाया आगोले गोठमै जलेर मरेका छन् ।   शनिबार चलेको हावाहुरीका कारण डढेलो निभाउन नसक्दा आगो बस्तीमा प्रवेश

आइतबार, बैशाख ९ २०८१

म्याग्दी । म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछि बासस्थान र आहाराको अभावका कारण वन्यजन्तुले बस्ती पसेर किसानले लगाएको बाली नष्ट गरेका छन् । जिल्लाको मालिका र मंगला गाउँपालिकाका विभिन्न ठाउँमा डढेलो लागेपछि वन्यजन्तु बासस्थान र आहाराको खोजीमा गाउँ पसेका स्थानीयले बताएका छन् । ‘खेतबारीमा

आइतबार, बैशाख ९ २०८१

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका २ मा पनि आज भीषण आगलागी भएको छ । उक्त आगलागीमा ३८ घरगोठ जलेका जनाइएको छ । नजिकैको सामुदायिक वनमा लागेको आगो हावाका कारण बस्तीमा आइपुगेको हो । आगोले १३ घर र २५ गोठ जलेको स्थानीयले बताएका छन् । घरगोठ जल्दा थुप्रै

बिहीबार , बैशाख ६ २०८१

महेन्द्रनगर (कञ्चनपुर), ६ वैशाखः नेपाल रेडक्रस सोसाइटीले सुदूरपश्चिमका दुई सय ४९ भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गरेको छ ।गत असोजमा भूकम्पले सुदूरपश्चिमका बझाङ र बाजुरामा बढी क्षति पु¥याएको थियो । भूकम्पपीडितको सहायताका लागि रेडक्रसले अस्थायी आवास, राहत सामग्री र आर्थिक सहायता उपलब्ध गराएको जनाएको छ

बुधबार, बैशाख ५ २०८१

काठमाडौं । आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । भक्तालुजनले नदी, ताल,

मंगलबार, बैशाख ४ २०८१

काठमाडौं ।८२ जना शाखा अधिकृतहरूको पदस्थापन भएको छ । मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतहरूलाई पदस्थापन गर्दै कामकाज तोकेको हो । उनीहरूलाई संघ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी तोकिएको छ । पदस्थापनबाट निमित्तका भरमा चलेका ३० वटा स्थानीय तहले मंगलबारबाटै प्रमुख प्रशासकीय

सोमबार, बैशाख ३ २०८१

काठमाडौं । काठमाडौं उपत्यको वायु अझै अस्वस्थ रहेको पाइएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको वन डढेलो र वर्षा हुन नसक्दा वायुमण्डलमा धुलोको कण रहिरहेकाले वायु अस्वस्थ बनेको हो । एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौं उपत्यकाको वायुप्रदूषण एक सय ५२ एक्यूआइ मापन गरिएको छ ।

सोमबार, बैशाख ३ २०८१

काठमाडौं । विसं. २०८० मा विपद्जन्य घटनाबाट चार सय ९३ जनाको मृत्यु भएको छ । विपद्जन्य घटनामा परेर ३१ जना बेपत्ता भएका छन् भने एक हजार ६ सय १६ जना घाइते भएका छन् ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेका अनुसार कूल

शनिबार, बैशाख १ २०८१

परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा सुरु भएसँगै शनिबार भक्तपुरमा सञ्चालन हुने थरीथरीका जात्रा हेर्न हजारौँको भीड लागेको छ । भेलुखेलस्थि ल्यासिङ्खेलमा शुक्रबार साँझ उठाइएको लिङ्गो हेर्न भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेलगायत विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ । पचपन्न हात लामो, नाङ्लो जत्रो फेद भएको, इन्द्रध्वजासहितको

शनिबार, बैशाख १ २०८१

काठमाडौं । संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आचारसंहिता निर्माण गरि उक्त क्षेत्रलाई आज नयाँ वर्ष (वैशाख १ गते)देखि २४ सै घण्टा सञ्चालन गर्न

शुक्रबार, चैत ३० २०८०

काठमाडौं । विभिन्न धर्म प्रचारमा संलग्न विदेशी नागरिक (गिरोह)माथि निगरानी राख्न गृह मन्त्रालयले देशभर सर्कुलर गरेको छ ।  उक्त मन्त्रालय मातहतको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा यस्तो सर्कुलर गरेको गृह मन्त्रालयले जनाएको छ ।  विदेशी नागरिक र संस्थाहरूले गर्ने सम्मेलन

शुक्रबार, चैत ३० २०८०

काठमाडौं । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले गीतकार राजेन्द्र थापा र गायिका निशा देशारलाई सम्मान गरेको छ । गीतकार थापा एक लाख राशिको ‘बिजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’बाट सम्मानित भएका हुन् । वरिष्ठ गीतकार नगेन्द्र थापा, साहित्यकार एलबी क्षेत्री,मञ्जु थापा,गायिका सुशीला मानन्धरले गीतकार थापालाई

बिहीबार , चैत २९ २०८०

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको बताएका छन् । सामुदायिक सेवा केन्द्र टुँडालदेवी, प्रहरी वृत्त महाराजगञ्ज तथा मालिगाउँले आज यहाँ आयोजना गरेको ‘लागूऔषध दुर्व्यसनी

बुधबार, चैत २८ २०८०

महेन्द्रनगर (कञ्चनपुर) । सोमबार राति भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाटमा सडक दुर्घटनामा परी मृत्यु भएका सात जना नेपालीको शव आज नेपाल ल्याइँदै छ ।  दुर्घटनाको खबरपछि बुवाको शव बुझ्न नैनीताल पुगेका बाँके बैजनाथ गाउँपालिका–८ का प्रमोद थारुले मृतक सबैको शव परीक्षण अस्पतालले गरिसकेको जानकारी दिए ।

बुधबार, चैत २८ २०८०

काठमाडौं । भोलि

मंगलबार, चैत २७ २०८०

काठमाडौं । गत वैशाखदेखि यही चैतको तेस्रो सातासम्ममा आगलागीबाट नेपालमा एक सय दुई जनाको मृत्यु भएको छ ।  देशका विभिन्न क्षेत्रमा यो अवधिमा तीन हजार सात सय ९५ भन्दा बढी आगलागीका घटना भएकामा ती घटनामा एक सय दुईजनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

शुक्रबार, चैत २३ २०८०

काठमाडौं । सुनसरीको हरिनगर बजार तनावग्रस्त छ । हरिनगर गाउँपालिका वडा-४ स्थित गाउँपालिकाको कार्यालय रहेको बजार क्षेत्र मध्याह्नदेखि उत्पन्न भएको तनाव अहिलेसम्म मत्थर भएको छैन । अहिलेसम्म प्रहरीले ८० राउन्ड हवाई फायर गरेको र ४० सेल अश्रु ग्यास प्रहार गरेको सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले

सोमबार, चैत १२ २०८०

काठमाडौं । रंगहरूको पर्व होली अर्थात फागु आज तराई मधेशका जिल्लाहरूमा मनाइँदै छ । पहाडी र हिमाली जिल्लामा आइतबार नै होली मनाइएको थियो । पहाडी र हिमाली जिल्लाहरुमा होली मनाएको भोलिपल्ट तराई मधेशका जिल्लाहरुमा मनाउने चलन छ । होलीको अवसरमा सरकारले आज तराई मधेशका जिल्लाहरूमा सार्वजनिक

आइतबार, चैत ११ २०८०

काठमाडौं । सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइँदैछ । आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो । काठमाडौं उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा होली खेल्ने गरिन्छ । नेपाली र

शनिबार, चैत १० २०८०

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिउका जीबी राईलाई जहाँ बसेको भए पनि समाएर ल्याउने बताएका छन् । उनले देशमा होस् कि विदेशमा जहाँ भए पनि राईलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएका हुन् । सहकारी ठगीमा संलग्नताको आरोप लागेर प्रमुख प्रतिपक्षले संसद्मा राजीनामा मागिरहेको

शनिबार, चैत १० २०८०

काठमाडौं । खानेपानी तथा सरसरफाइ मन्त्रालयको तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको २७ प्रतिशतमा मात्रै गुणस्तरीय खानेपानीको पहुँच रहेको पाइएको छ । एक सय वर्षभन्दा पुराना पाइपलाइन तथा पुराना ट्याङ्कीका कारण पानीको स्रोतमै आइरनलगायत खनिजको कमी हुँदा अझै पनि ७३ प्रतिशत जनसङ्ख्याले शुद्ध खानेपानीको सुविधा पाएका छैनन् । पानीको स्रोत

शनिबार, चैत १० २०८०

काठमाडौं । थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ । थाइल्याण्ड र म्यानमारको सीमानजिक म्यावड्डीमा लामो समयदेखि अलपत्र परेका १३ जनाको उद्धार गरी नेपाल पठाएको थाइल्याण्डस्थित नेपाली राजदूतावासले जनाएको हो । शुक्रबार विज्ञप्ति जारी गरी दूतावासले थाइ परराष्ट्र मन्त्रालय र त्यहाँको इमिग्रेसन ब्यूरोको सहयोगमा

शुक्रबार, चैत ९ २०८०

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा आएको छ । भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले शुक्रबार चाँदबाग रेसिडेन्सीको नाममा रहेको करिब १० रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याउने निर्णय गरेको हो । भूमि व्यवस्था मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छबिलाल

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij