बुधबार, असार १८ गते २०८२ Jul 02 2025 Wednesday
images
images

मन्त्रिमण्डल विस्तार

मन्त्रालय भागबण्डा मिल्यो, काँग्रेसलाई ६ अन्य दललाई ५/५ मन्त्रालय


  • 1.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1031
    असोज १९, २०७८ मंगलबार
    मन्त्रालय भागबण्डा मिल्यो, काँग्रेसलाई ६ अन्य दललाई ५/५ मन्त्रालय

    काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलहरुले मन्त्रिपरिषद् विस्तारका लागि भागबण्डा टुङ्ग्याएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको शीर्ष नेताहरुले मन्त्रालयको भागबण्डा टुङ्ग्याएका हुन् । 

    प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले सत्ता साझेदार दलहरूका बीचमा मन्त्रालयको भागबण्डा टुंगिएको जानकारी दिए । ‘२१ मन्त्रालयको भागबण्डा मिल्यो । मन्त्रालयमा सहमति जुटेपछि शीर्ष नेताहरु उठ्नुभयो,’ उनले भने ।

    स्वकीय सचिव देउवाले मंगलबार नै मन्त्रिपरिषद्ले पूर्णता पाउने पनि जानकारी दिए । यसअघि  मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै सत्तारुढ गठबन्धन आलोचना खेप्दै आएको थियो । 

    शीर्ष नेताको बैठकमा सहभागी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनका बीचमा नेपाली काँग्रेसले प्रधानमन्त्रीसहित ६ मन्त्री र नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले पाँच–पाँच मन्त्रालय तथा एक–एक राज्यमन्त्री पाउने सहमति भएको बताए ।

    यसअघि जसपा र एकीकृत समाजवादी पार्टीले सम्मानजनक रुपमा मात्रै सरकारमा जाने अडान राख्दै आएका थिए । 

  • सम्बन्धित विषय:

  • # संयुक्त गठबन्धन सरकार
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij