बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

खगोल विज्ञान

पृथ्वीको चमक हराउँदै, पहिले जति उज्यालो छैन !


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1041
    असोज २०, २०७८ बुधबार
    पृथ्वीको चमक हराउँदै, पहिले जति उज्यालो छैन !

    सीएनएन । विगत दुई दशकदेखि कसमोसबारे अध्ययन गरिरहेका खोजकर्ताहरुले पृथ्वीबारे नयाँ तथ्य पत्ता लगाएका छन् । यसमा पृथ्वी पहिले जति उज्यालो नभएको र यसको चमक पछिल्ला केही वर्ष उल्लेखनीय रुपमा घट्दै गइरहेको देखिएको छ । 

    ‘बिग बियर सोलार अब्जरभेटरी’ का खोजकर्ताहरुले विगत २० वर्षदेखि हरेक रात पृथ्वीको प्रकाश सम्बन्धी मापन लिइरहेका छन् । सूर्यको सोलार साइकल र बादलले ढाक्ने मात्राबारे अध्ययन गर्न उनीहरुले दैनिक अवलोकन गरिरहेका थिए । 

    यसमा उनीहरुले ‘अर्थ–शाइन’ अर्थात् पृथ्वीको चमक मापन गरेका हुन् । नासाका अनुसार पृथ्वीको चमक, चन्द्रमाको अँध्यारो भागमा पृथ्वीको प्रकाश ‘रिफ्लेक्ट’ ९ प्रतिबिम्बित० भएर फेरि पृथ्वीमा फर्किदा देख्न सकिन्छ । पृथ्वीको चमक हरेक रात र हरेक मौसममा फरक फरक हुन्छ । 

    ‘न्यु जर्सी इन्सटिच्युट अफ टेकनोलोजी’ का खोजकर्ता फिलिप गुड भन्छन्, “हामीले ‘क्वार्टर मुन’ अर्थात चन्द्रमा एक चौथाइ मात्र देखिएका बेला राम्ररी हेर्यौँ भने अस्पष्ट भएपनि चन्द्रमाको पूरै आकार, पूरै गोलाइ देख्न सक्छौँ । किनकी त्यसको तीन चौथाइलाई त्यही धमिलो प्रकाशले केही उज्यालो दिइरहेको हुन्छ । ” र पछिल्लो २० वर्षमा त्यो धमिलो प्रकाशलाई मापन गरेर उनीहरुले सो चमक बिस्तारै हराउँदै गएको पत्ता लगाएका हुन् । 

    गुड भन्छन्, “वास्तवमा त्यो प्रकाश पनि पृथ्वीले सूर्यबाट नै प्राप्त गरेर फाल्ने उज्यालो हो । त्यसैले यसमै कमी आइरहेको छ ।”

    यसको अर्थ पृथ्वीले अहिले जति प्रकाश फालिरहेको छ २० वर्ष अगाडि प्रति वर्ग वाटमा आधाले बढी उज्यालो फाल्ने गर्दथ्यो वा बढी चमकिलो देखिन्थ्यो । यसरी पृथ्वीको चमकमा ०।५ प्रतिशत गिरावट आएको हो । पृथ्वीले आफूमाथि पर्ने ३० प्रतिशत सूर्यको किरण ‘रिफ्लेक्ट’ या प्रतिबिम्बित गर्दछ । 

    यसमा १७ वर्षसम्म डाटा झन्डै उस्तै देखिएको थियो जसपछि अनुसन्धानकर्ताहरुले यो खोज अन्त्य गर्न लागिसकेका थिए । गुड भन्छन्, “१७ वर्षसम्म सबै एउटै देखिएको हुनाले हामी आगामी ३ वर्ष यो खोजलाई निरन्तरता दिने कि नदिने भनेर अन्योलमा परेका थियौँ । तरपनि आफूलाई दिएको वचन पूरा गर्न २० वर्ष पुर्याउने भयौँ र त्यही क्रममा अप्रत्याशित नतिजा फेला पारेका हौँ । ”

    यसरी १७ वर्षसम्म एक समान रहेको डाटामा अचानक तीन वर्षमै ठूलो बदलाव देखा पर्यो । अध्ययनमा पृथ्वीको चमक अचानक घट्न पुगेको देखियो । यो उनीहरुका लागि यति आश्चर्यजनक थियो कि उनीहरुले आफ्नै डाटामा शंका लाग्न थाल्यो । गुड भन्छन्, “हामीले आफ्नै डाटा गलत हो कि भनेर धेरैपटक जाँच पनि गर्यौँ तर सबै सहि रहेछ । ”

    वास्तवमा बादलले ढाक्ने मात्रा कम हुनाले यस्तो भएको उनीहरुले पत्ता लगाएका हुन् । किनकी बादलको माथिबाट नै सूर्यको किरण स्पेसमा पुनः रिफ्लेक्ट भइरहेको हुन्छ । त्यसैले आकाशको माथिल्लो तह ढाक्ने बादल कम हुँदा सूर्यको किरण धेरै भित्रिन्छ तर प्रकाश बाहिर फलिँदैन । 

    यसरी कम बादलले ढाकेकै कारण पृथ्वीले बढी तातो पाउँछ र प्रकाश प्रतिबिम्बित नहुँदा यसले पृथ्वीको चमक पनि कम गराउने गुडले बताए । विशेषगरी दक्षिण अमेरिका र उत्तरतर्फका समुद्री तट माथिको सतह ढाक्ने बादलको मात्रा सबैभन्दा कम रहेको पाइएको हो ।

    ती क्षेत्रहरुमा पछिल्लो समय मौसम परिस्थितिका कारण समुद्र सतहको तापमान बढ्दै गएको भनेर रिपोर्ट गरिएको थियो । यसरी समुद्री सतहमा प्रभाव पर्नुले मौसमी चक्रमा दिर्गकालीन असर पार्दछ । 

    पृथ्वीले विगतमा भन्दा कम प्रकाश रिफ्लेक्ट गर्नुको अर्थ यसले धेरै तातो पाइरहेको छ र पृथ्वीले सो ऊर्जा कता कसरी प्रयोग गर्नेछ भन्ने वैज्ञानिकहरु पनि अनुमान लगाउने प्रयास गरिरहेको गुडले बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij