काठमाडौ २३ असार । मिति २०८२।०३।२३ गते, जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ६ बौद्ध नयाँ बस्ती स्थित एक घरमा कोठा भाडामा लिइ बस्ने व्यक्तिको कोठामा श्रोत नखुलेको नेपाली रकमको आर्थिक कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त बौद्द समेतबाट खटिएको प्रहरी टोलीले उक्त डेरा कोठामा खानतलासी गर्दा काठमाडौंको स्वयम्भू बस्ने वर्ष ४० को पासपोर्ट चिनियाँ नागरिक वानजान संग साथमा रहेको नगद रु १,४४,००,०००। (अक्षरेपि एक करोड चवालीस लाख नगद सहित नियन्त्रणमा लिइ सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्र.उ.अपिलराज बोहराले जानकारी दिएका छन ।