काठमाडौ २३, असार । नेपालका १० वटा प्रमुख ट्रेड युनियनहरुको छाता संगठन हो संयुक्त ट्रेड युनियन समन्वयन केन्द्र (जेटियूसिसि) । चक्रिय प्रणालीमा नेतृत्व रहने यस केन्द्रको अध्यक्ष छन जगत बहादुर सिंखडा, उनि अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) को पनि अध्यक्ष हुन ट्रेड युनियन गतिबिधि बारे इन्द्रेणीपोष्टले अध्यक्ष सिंखडा सँग भएको कुराकानी ।
१. संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले हाल के गरि रहेको छ ?
जेटियुसीसीले विगत लामो समयदेखि श्रमिकहरुको हक अधिकारको लागि संयुक्त रुपमा आवाज उठाउदै आएको छ । ट्रेड युनियन आन्दोलनले राज्य, रोजगारदाता र श्रमिकका प्रतिनिधिबीच संवाद र सामूहिक सौदाबाजीमार्फत न्यूनतम वेतन, सामाजिक सुरक्षा, सामूहिक सौदाबाजी, र पेसागत स्वास्थ्य तथा सुरक्षाको प्रत्याभूति गराउन कानुनी व्यवस्थाका लागि दबाब दिँदै आएको छ।
हामिले जनयुद्ध र जनआन्दोलनका जगमा नयाँ सँबिधान बनायौ । समाजबाद उन्मुख संबिधान । त्यसले मौलिक हकमा श्रमिकहरुका बिषयहरुलाई जति चाहिएको थियो त्यति काम गर्न नसकेता पनि केही मजदुरका मुख्य मुद्धा सम्बोधन गरेको छ । जुन त्यो संबिधानमा टेकेर नयाँ श्रम ऐन आयो, सामाजिक सुरक्षा ऐन आयो र त्यो सामाजिक सुरक्षा ऐन आउदा श्रमिकले जति सोचेको थियौ त्यो पुरा हुनसकेको छैन । श्रम ऐनले मजदुरलाई लागेको सेवा सुबिधा कोख देखी सोख सम्म शान्ति शुरक्षाको ब्यवस्थापन गर्छ, रोजगारीको ब्यवस्थापन गर्छ, रोजगारीमा जादाँ सेवा सुबिधा प्रदान गर्छ, बृद्धँ हुदा, कुनै दुघटना हुँदा त्यसको क्षतिपूर्ति, बृृद्धहरुको पेन्शनको ब्यवस्था पाउने अधिकार सुनिश्चितता सँगै मजदुरहरुको जीवनचक्रमा आउने सबै समस्याहरु हल हुन्छ भन्ने थियो तर आज त्यो सामाजिक सुरक्षा पूर्ण रुपमा कार्याँन्वयनमा आएको छैन । यसको लागि सरकारलाई सामाजिक सुरक्षा ऐन लाई लागु गर्न दबाब स्वरुप सँयुक्त ट्रेड युनियनले देश भरका मजदुरहरु सडकमा आएर आफ्नो अधिकारको निम्ति आवाज उठाउने छन् । उनिहरुको नेतृत्व सँयुक्त ट्रेड युनियनले लिने छ त्यसको अगुवाई मैले लिएको छु ।
२. सामाजिक सुरक्षा कोष कार्यान्वयन कहाँ पुगेको छ यसका समस्याहरु के छन् ?
नेपालमा सामाजिक सुरक्षा कोषमा १९,०००+ रोजगारदाता र २३ लाख+ श्रमिक आबद्ध छन्, ६८ अर्बभन्दा बढी रकम जम्मा भएको छ। तर, न्यून आबद्धता, अनौपचारिक क्षेत्रको चुनौती, चेतनाको कमी र सरकारी उदासिनता प्रमुख समस्या हुन् । सामाजिक सुरक्षा कोष हाल सम्म स्वदेश र विदेशमा कार्यरत नेपाली मजदुर गरि २३ लाख रहेका छन् । यसमा जति तिब्रताका साथ काम गर्नु पर्ने हो त्यति भएको छैन । खास गरि रोजगारदाता र सरकारको तदारुपतामा कमि रहेको छ ।
३.अन्टुफ सम्बन्धि तत्कालिन कार्यक्रमहरु के छन ?
यो देश अहिले बिदेशमा रहेका श्रमिकहरुको कमाईको नाममा चलेको छ । सरकारले अहिले श्रमिकले पठाएको रेमिटेन्सको आधारमा देश चलाएको छ । आजको दिनमा पनि श्रमिकलाई दोस्रो दर्जाको नागरिकको रुपमा हेरेको छ । बिदेशमा थुप्रै श्रमिकहरुका समस्यामा दिन प्रतिदिन बृद्धि भएका छन । श्रमिकहरु मारमा परेका छन । बिदेशबाट सिप सिकेर आएका नेपाली श्रमिकहरुलाई नेपालमै केही गरौ भन्ने भावनालाई सरकारले बेवास्था गरेको छ । बिदेशमा थुप्रै समस्यामा श्रमिकहरुले खेपेका छन । सरकार, राजनैतिक दल, कर्मचारीतन्त्रको बेवास्ताका कारण श्रमिकहरु मारमा परेका छन् । विदेशमा भएका श्रमिकको भोटिँङ्ग राइटको ब्यवस्था मिलाउनु पर्ने, उनिहरु नेपाल आएमा उनिहरुको सिप क्षमतालाई लगानी गर्ने बातावरण गर्न सरकार चुकेको छ । यसलाई गतिशिल र चलायमान बनाउन को निम्ती आवद्ध सँघहरु र विभागहरुका काम लाई चुस्त र गतिशिल बनाउने कार्य योजना बनाएका छौँ ।