मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

राष्ट्रियसभा सांसदद्धारा विपद न्यूनीकरणको पूर्वतयारी र राहत–उद्धारमा जिम्मेवार हुन सरकारको ध्यानाकर्षण


  • 685
    SHARES
  • https://indrenipost.com/index.php/posts/9459
    असार २४, २०८२ मंगलबार
    काठमाडौँ, २४ असारः राष्ट्रियसभामा सांसदहरुले मनसुनजन्य घटनाको जोखिम न्यूनीकरणको पूर्वतयारी र राहत, उद्धार तथा पुनस्थापनामा जिम्मेवार भएर लाग्न सरकारको ध्यानाकर्षण गराएका छन ।
    राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद गोमादेवी तिमिल्सिनाले देशभर बाढी पहिरोको जोखिम रहेको उल्लेख गर्दै पूर्वसूचना पाउँदा पनि विपद् न्यूनीकरणका लागि तयारी कमजोर भएको बताएकी छन। नेपाल र चीनको सीमानामा पर्ने रसुवाको टिमुरेलगायत क्षेत्रमा भोटेकोशी नदीमा आएको बाढीबारे पूर्वसूचना पाउँदा पनि आवश्यक सतर्कता नअपनाइएको उनको भनाई रहेको छ ।
     
    अर्का सांसद राजेन्द्रलक्ष्मी गैरेले भोटेकोशीको बाढीमा परी केही व्यक्ति बेपत्ता रहेको, रसुवागढी नाकामा नेपाल र चीन जोड्ने मितेरी पुल बगाएको, भन्सार यार्डमा राखिएका सवारीसाधनलगायत मालवस्तु बगाएको विषय उल्लेख गर्नुहुँदै उद्धारलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । सरकार जनताप्रति संवेदनशील हुनुपर्ने उहाँको भनाइ थियो ।
    सांसद विष्णुबहादुर विश्वकर्माले अफगानिस्तानमा महिला अधिकार गम्भीर रूपमा हनन भइरहेका धारणा राख्दै नेपालले यस विषयमा बोल्नुपर्ने बताएका छन ।
    सांसद दुर्गाकुमारी गुरुङले बर्दिया जिल्लामा जङ्गली जनावरको आक्रमणको जोखिम बढेको र नागरिकले दुःख पाइरहेको विषय संसद्मा उठाएकी छन।
     
    अर्का सांसद नरबहादुर विष्टले सरकारले अहिले सुरक्षा निकायका लागि हतियार खरिदको प्रक्रिया अघि बढाउन नहुने धारणा राखेका छन । यो खरिद प्रक्रियामा आर्थिक हिनामिनाको प्रश्नसमेत उठेको उनको भनाइ छ ।
     
    सांसद नारायणदत्त मिश्रले अहिले धान रोप्ने बेलामा रासायनिक मलको अभाव भएको धारणा ब्यक्त गरेका छन । आर्थिक वर्षको अन्त्यमा कमसल काम गरेर भुक्तानी दिने प्रवृत्ति हट्न नसकेको बताए ।
     
    सांसद युवराज शर्माले विद्यालय शिक्षा विधेयक संसद्बाट चाँडो पारित गरिनुपर्नेमा जोड दिए। चिकित्सकहरुको आन्दोलन बारे गम्भीर हुन पनि उनले सरकारसँग आग्रह गरेका छन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij