मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

टर्कीले अमेरिकासहित १० देशका राजदूतलाई गर्यो देश निकाला


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1376
    कात्तिक ७, २०७८ आइतबार
    टर्कीले अमेरिकासहित १० देशका राजदूतलाई गर्यो देश निकाला

    टर्कीका राष्ट्रपति रिसेप एड्रोगनले अमेरिकासहित १० मुलुकका राजदूतलाई देश निकाला गर्ने घोषणा गरेका छन् । 

    एड्रोगनले अमेरिका, फ्रान्स, जर्मनी, स्वीडेन, नर्वे, न्यूजिल्याण्ड, नेदरल्यान्ड, फिनल्याण्ड, क्यानडा र डेनमार्कका टर्कीस्थित राजदूतलाई देश निकाला गर्न विदेशमन्त्रीलाई निर्देशन दिएका हुन् । 

    ‘पर्सना नन ग्राटा’ अर्थात् अयोग्य घोषणा गरी देश निकालामा पर्नेमा अकांरास्थित शक्तिशाली पश्चिमा देशका राजदूतहरु छन् । 

    टर्की सरकारले सन् २०१६ देखि थुनामा राखेका अभियन्ता ओसमान काभलाको रिहाइ आग्रह गर्दै ती दश राजदूतले गत हप्ता वक्तव्य निकालेका थिए । 

    ती राजदूतको वक्तव्यप्रति टर्की सरकारले तीव्र असन्तुष्टि जनाएको थियो । 

    वक्तव्यपछि टर्कीको विदेश मन्त्रालयले ती १० राजदूतलाई स्पष्टीकरण सोधेको थियो । 

    टर्कीका ती अभियन्ता सन् २०१३ मा भएको सरकार विरोधी प्रदर्शनमा सहभागी भएको आरोपमा सन् २०१६ मा पक्राउ परेका थिए।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij