मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

सुडानका प्रधानमन्त्री नजरबन्दमा, मन्त्रीहरु पक्राउ


  • 919
    SHARES
  • https://indrenipost.com/index.php/posts/1402
    कात्तिक ८, २०७८ सोमबार
    सुडानका प्रधानमन्त्री नजरबन्दमा, मन्त्रीहरु पक्राउ

    सुडानको सेनाले प्रधानमन्त्री अब्दल्लाह हामडोकलाई उनकै घरमा नजरबन्दमा राखको छ । त्यस्तै अन्य केही नेताहरु पक्राउ परेका छन् ।

    सोमबार बिहानै उनीहरुलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

    स्रोतलाई उद्धृत गरिएको समाचारमा पक्राउ पर्नेमा उद्योगमन्त्री, सूचनामन्त्री र प्रधानमन्त्रीका मिडिया सल्लाहकार रहेको उल्लेख गरिएको छ । त्यस्तै सुडानको सत्तारुढ सोभरेन काउन्सिलका प्रवक्ता मोहम्मद अल फिकी सुलिमान र सुडानको राजधानी सहर खार्तोमका गभर्नर पनि पक्राउ परेका छन् । 

    केही सञ्चारमाध्यमले भने सरकारका सबैजसो मन्त्री पक्राउ परेको उल्लेख गरेका छन् । 

    सुडानमा गत महिना पनि सैन्य कूको प्रयास भएको थियो । संक्रमणकालीन अवस्थामा रहेको सुडानमा सेना र जनप्रतिनिधिको संयुक्त सरकार थियो । तर, यो सरकारबारे केही विवाद देखिँदै आएको थियो । सन् २०२३ को अन्तिममा आम निर्वाचन गरेर जनप्रतिनिधिलाई नै सत्ता सुम्पिने सम्झौताअनुसार संक्रमणकालीन सरकार बनाइएको थियो । 

    अलजाजिराका अनुसार अहिले खार्तोममा सबै सञ्चारका माध्यममा रोक लगाइएको छ। साथै अहिले सहरका प्रमुख सडक बन्छ छन् ।

    सुडानको प्रमुख प्रजातान्त्रिक राजनीतिक समूहसुडानी प्रोफेुुसनल एसोसिएसनले यो कदमले सैन्य कू भएको स्पष्ट भएको भन्दै मानिसहरुलाई सडकमा आउन आह्वान गरेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij