मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

चीनमा पुनः लकडाउन


  • 991
    SHARES
  • https://indrenipost.com/index.php/posts/1434
    कात्तिक ९, २०७८ मंगलबार
    चीनमा पुनः लकडाउन

    काठमाडौं । चीनमा ४० लाख जनसंख्या रहेको एक सहरमा पूर्ण लकडाउनको आदेश जारी गरिएको छ । सहरमा कोरोना संक्रमण बढ्न थालेपछि लकडाउनको आदेश जारी गरिएको हो । 

    सहरका बासिन्दालाई अत्यावश्यक बाहेक घरभन्दा बाहिर ननिस्कन भनिएको छ । अहिले चीनमा कोरोना भाइरसको संक्रमणका केस निकै कम छन् ।

    तर गान्सु प्रान्तको राजधानीमा लान्जुमा लकडाउन लागू गरिएको हो । समाचार एजेन्सी एएफपीका अनुसार सहरका अधिकारीहरूले मानिसहरूलाई लान्जुमा प्रवेश गर्न र त्यहाँबाट बाहिर जान पूर्ण रूपमा रोक लगाएका छन् । 

    यसअघि पनि उत्तरी चीनमा हजारौँ मानिसहरूलाई घरमै रहन आदेश दिइसकिएको छ । चीनमा कोरोनाको डेल्टा प्लस भेरियन्ट फैलिन थालेको छ । 

    याे भेरियन्टमा झन् तीव्र गतिमा फैलिन सक्ने सामर्थ्य रहेकाे विज्ञहरूले बताएका छन् । चीनमा परीक्षण बढाए संक्रमितको संख्या बढ्न सक्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij