मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

मर्माहत कथा


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1449
    कात्तिक १०, २०७८ बुधबार
    मर्माहत कथा

    यो तस्बिर यतिबेला विश्वभरका मिडिया र सामाजिक सञ्जालमा अत्याधिक शेयर गरिएको छ । सबैतिरबाट चर्चा बटुलिरहेको यो तस्बिर पछाडिको कथाले धेरैलाई मार्मिक पनि बनाइदिएको छ । सिएना अवार्डस् २०२१ मा यो तस्बिर वर्षकै उत्कृष्ट घोषित भएको छ । 

    यो तस्बिर लिने फोटोग्राफर, मेहमेत अस्लनले यसलाई ‘जीवनका कठिनाइहरु’ नाम दिएका छन् । र वास्तवमै यसलाई हेर्ने बित्तिकै हामीले थाहा पाउन सक्छौँ कि जीवन वास्तवमै कठिन छ र कतिका लागि अत्यन्तै क्रुर पनि छ । तर यस्तो कठोरताका वावजुद बाबु छोरा दुवैको अनुहारमा मुस्कान देख्न सकिन्छ । 

    वास्तवमा बाबु मुन्जीर, सिरियाको इड्लीब बजारमा हिँडिरहँदा माथिबाट बम खसि बिस्फोट हुँदा उनले आफ्नो दाहिने खुट्टा गुमाउनु परेको थियो । यो तस्बिर चाहिँ टर्कीको हेते प्रान्तमा खिचिएको हो । 

    उनका छोरा मुस्तफा भने जन्मदै हात खुट्टाबिना जन्मिएका थिए । तर यो पनि युद्धकै परिणामले भएको हो । यसलाई ‘टेट्रा–एमिलिया सिन्ड्रोम’ भनिन्छ । युद्धका बेलामा उनकी आमा जेनेपले ‘नर्भ ग्यास हमला’ पश्चात् लिनु परेको औषधिका कारण उनमा त्यो स्थिति पैदा भएको थियो । 

    यस्तोमा मुस्तफालाई भविष्यमा विशेष किसिमको विद्युतीय प्रोस्थेसेस् अर्थात कृत्रिम हातखुट्टाको आवश्यक पर्नेछ । तर दुर्भाग्यवश् अहिले त्यो टर्कीमा उपलब्ध छैन । द गार्जियनबाट 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij