मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

यो शताब्दीमा २.७ डिग्री सेल्सियसले बढ्छ पृथ्वीको तापक्रम : राष्ट्रसंघ


  • 775
    SHARES
  • https://indrenipost.com/index.php/posts/1452
    कात्तिक १०, २०७८ बुधबार
    यो शताब्दीमा २.७ डिग्री सेल्सियसले बढ्छ पृथ्वीको तापक्रम : राष्ट्रसंघ

    संयुक्त राष्ट्रसंघले अहिले विश्वभरका मुलुकले गरेको वाचा अनुसार यो शताब्दीमा पृथ्वीको औसत तापक्रम २.७ डिग्री सेल्सियस बढ्न सक्ने बताएको छ ।

    जलवायु सम्मेलन सुरु हुनुभन्दा केही दिनअघि राष्ट्रसंघको वातावरण कार्यक्रम –यूएनईपी०ले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा मुलुकहरुले निकै कमजोर वाचा गर्ने तर पूरा नगर्ने गरेको उल्लेख छ । 

    जी२० का मुलुकले समग्र कार्बन उत्सर्जनको ७८ प्रतिशतको हिस्सा ओगट्ने र उनीहरुले यसअघि गरेको वाचा पनि पूरा नगर्ने पाइएको यूएनईपीका कार्यकारी निर्देशक इन्गर एन्डरसनले बताए । 

    कार्बन उत्सर्जन कमी गर्नु सबैको जिम्मेवारी भए पनि विकसित मुलुकको जिम्मेवारी विशेष हुने एन्डरसनको भनाइ छ । एन्डरसनका अनुसार अधिकांश मुलुकले यसअघि गरेका वाचाअनुसारको लक्ष्य सन् २०३० सम्मका लागि स्थगित गरिएको छ ।

    वैज्ञानिकहरुले यो समयसम्म निकै ढिला हुने भन्दै चेतावनी दिँदै आएका छन् । 

    आगामी साता स्कटल्याण्डमा विश्वभरका नेताहरुले जलवायु सम्मेलनमा भाग लिँदैछन् । यो सम्मेलन पृथ्वीको तापक्रम वृद्धि औद्योगिक कालपूर्वको औसत तापक्रमभन्दा १.५ डिग्री सेल्सियसमा सीमित राख्नको लागि कदम चाल्ने अन्तिम मौका भएको बताइएको छ । यसले पृथ्वीमा आउन सक्ने नकारात्मक असरबाट बचाउन सक्ने वैज्ञानिकहरुको भनाइ छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij