मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

कुटनैतिक सम्बन्ध

दुई देशबीचको सम्बन्ध बलियो बनाउने देउवा र मोदीको प्रतिबद्धता


  • 2.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1542
    कात्तिक १७, २०७८ बुधबार
    दुई देशबीचको सम्बन्ध बलियो बनाउने देउवा र मोदीको प्रतिबद्धता

    ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले दुई देशबिचको सम्बन्ध बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक ग्लास्गोमा भएको औपचारिक भेटवार्तामा दुवै प्रधानमन्त्रीले द्विपक्षीय सहयोगका विषयमा समेत छलफल गरेका थिए ।

    प्रधानमन्त्री देउवाले मोदीसँगको भेट गम्भीर र सुमधुर भएको संक्षिप्त प्रतिक्रिया दिए । ‘मैले उहाँलाई नेपाल भ्रमणको निम्तो दिएँ, उहाँले पनि भारत भ्रमणको निम्तो दिनुभयो,’ उनले भने, ‘द्विपक्षीय भ्रमणबारे काठमाडौँ पुगेपछि मितिको टुङ्गो गरिनेछ ।’

    जलवायु परिवर्तनसम्बन्धी २६ औँ सम्मेलन (कोप–२६) को उच्चस्तरीय सत्र (विश्व लिडर्स सम्मेलन) मा भाग लिन आइतबार साँझ ग्लास्गो आएका प्रधानमन्त्री देउवा र मोदीले त्यही दिन अनौपचारिक भेटवार्ता गरे पनि मंगलबार बिहान द्विपक्षीय औपचारिक भेटवार्ता भएको हो ।

    लिम्पियाधुरा, लिपुलेक, कालापानीको सीमा विवादका कुरामा नेपाल र भारतका बीचमा सम्बन्ध सुधार हुन नसकिरहेको बेला देउवा र मोदीबिच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

    नेपाल र भारतबिच पछिल्लो समय सीमा, दार्चुलाको तुइन घटनालगायतका विषय उठेका छन् तर मंगलबारको भेटवार्तामा ती विषयमा कुराकानी भए/नभएको भन्नेबारेमा दुवै पक्षले खुलाएको छैन ।

    परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले ग्लास्गोस्थित कोप २६ आयोजना स्थल ‘स्कटिस एक्जिबिसन सेन्टर’ मा प्रधानमन्त्री देउवा र मोदीबिच द्विपक्षीय भेटवार्ता भएको जानकारी दिए ।

    चौथो पटक प्रधानमन्त्री भएपछि देउवाले २०७४ भदौमा भारत भ्रमण गर्दा मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यसपछि दुई नेताबिचमा भेटवार्ता भएको थिएन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij