मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

एलन मस्कले दुई दिनमा ५० अर्ब डलर गुमाए कसरी ?


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1653
    कात्तिक २४, २०७८ बुधबार
    एलन मस्कले दुई दिनमा ५० अर्ब डलर गुमाए कसरी ?

    ब्लूमबर्ग । टेस्ला इंकको सेयर दोस्रो दिनमा पनि ओरालो लागेपछि एलन मस्कले यस हप्ता ५० अर्ब डलर गुमाएका छन् ।

    यो ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सको इतिहासमा दुई दिनमा भएको सबैभन्दा ठूलो गिरावट हो, र जेफ बेजोसको २०१९ मा म्याकेनी स्कटसँगको सम्बन्ध विच्छेदपछि ३६ अर्ब डलरको गिरावटपछिको सबैभन्दा ठूलो एक दिनको गिरावट हो । 

    अटोमेकरको केही दिनको उथलपुथलको बीच टेस्लाको यो गिरावट आएको हो । मस्कले आफ्नो कम्पनीको १० प्रतिशत सेयर बेच्ने या नबेच्नेबारे आफ्ना ट्वीटर फलोअर्सलाई सोधेपछि सुरु भएको उथलपुथल उनको भाइ किम्बलले ट्वीटर पोलभन्दा अघिमात्र सेयर बेचेको समाचार पछि जारी रह्यो । ‘द बिग शँःट्’ चलचित्रबाट प्रख्यात भएका लगानीकर्ता माइकल बरीले मस्कले आफ्नो व्यक्तिगत ऋण कभर गर्न सेयर बेच्न चाहेको हुन सक्ने बताएका थिए । 

    यो गिरावटले विश्वकै सबैभन्दा धनी व्यक्तिको रूपमा बेजोसमाथिको मस्कको अग्रता ८३ अर्ब डलरमा सीमित पारेको छ ।

    अमेजनका जेफ बेजोसलाई पछि पार्दै विश्वकै सबैभन्दा धनी व्यक्ति बन्दा मस्क र बेजोसको सम्पत्तिमा १४३ अर्ब डलरको फरक थियो, जुन विश्वकै चौथो धनी व्यक्ति बिल गेट्सको खुद सम्पत्ति भन्दा बढी हो । 

    मन्दीको बावजुद टेस्लाको आम्दानीमा वृद्धि र स्पेश एक्सको उच्च मूल्याङ्कनका भएको छ । टेस्लाको बजार पुँजीकरण १ ट्रिलियन डलर भन्दा माथि रहेको छ ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij