मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

भ्रष्टाचार आरोपमा बंगलादेशका पूर्वप्रधानन्याधीश सिन्हा ११ वर्ष जेल


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1654
    कात्तिक २४, २०७८ बुधबार
    भ्रष्टाचार आरोपमा बंगलादेशका पूर्वप्रधानन्याधीश सिन्हा ११ वर्ष जेल

    काठमाडौं । बंगलादेशका पूर्वप्रधानन्यायाधीश सुरेन्द्र कुमार सिन्हालाई भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजायँ सुनाइएको छ ।

    ७० वर्षीय पूर्वप्रधानन्यायाधीश सिन्हालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा सात वर्ष र विश्वासघातसम्बन्धी मुद्दामा चार वर्ष गरी जम्मा ११ वर्षको जेल सजायँ सुनाइएको हो ।

    सिन्हाले तत्कालीन फार्मर्स बैंक (हाल पद्म बैंक)बाट ४ लाख ७० हजार अमेरिकी डलर ऋण लिएका थिए । त्यसपछि उनले त्यो रकम नगद, चेक र पे–अर्डरमार्फत् दोस्रो खातामा सारेको आरोप छ । यसो गर्नु बंगलादेशको भ्रष्टाचार रोकथामसम्बन्धी कानुन अनुसार दण्डनीय मानिन्छ ।

    भ्रष्टाचारसम्बन्धी यही प्रकरणमा मुछिएका १० जनामध्ये मोहम्मद शाहजाँ र निरन्जन चन्द्र साहालाई भने अदालतले सफाइ दिएको छ । पूर्वप्रधानन्यायाधीश सिन्हासहित अन्यलाई भने अलग–अलग जरिवाना र जेल सजायँको फैसला अदालतले गरेको छ ।

    भ्रष्टाचारको आरोप लागेपछि सिन्हाले चार वर्ष अघि विदेश भ्रमणको क्रममा प्रधानन्यायाधीश पदबाट राजीनामा दिएका थिए । यद्यपि उनले बंगलादेशको ‘अलोकतान्त्रिक’ र ‘निरंकुश’ शासनको विरोध गरेकाले आफूलाई राजीनामा दिन बाध्य पारिएको दाबी गर्दै आएका छन् ।

    सिन्हा हाल अमेरिकामा बस्दै आएका छन् । उनको अनुपस्थितिमा अदालतले जेल सजायँ सुनाएको हो ।

    सिन्हा बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायबाट पहिलोपटक प्रधानन्यायाधीश बनेका थिए । उनी बंगलादेशका २१ औं प्रधानन्यायाधीश हुन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij