मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

अर्को साता बाइडेन र सीबीच भर्चुअल भेट होला ?


  • 1.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1665
    कात्तिक २४, २०७८ बुधबार
    अर्को साता बाइडेन र सीबीच भर्चुअल भेट होला ?

    अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच अर्को साता भर्चुअल भेट हुने भएको छ । समाचार संस्था रोयटर्सले स्रोतलाई उद्धृत गर्दै अर्को साता जतिसक्यो चाँडो दुई नेताबीच कुराकानी हुने समाचारमा उल्लेख गरेको छ ।

    अमेरिकी राष्ट्रपति कार्यालय र वासिङ्टनस्थित चिनियाँ दूतावासले भने दुई नेताबीच कहिले कुराकानी हुन लागेको हो भन्नेबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

    यसअघि दुबै पक्ष सन् २०२१ सकिनुअघि नै दुई राष्ट्र प्रमुखबीच कुरा हुनु पर्नेमा भने सहमत भएका थिए । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग थालेको व्यापार युद्ध अहिले पनि जारी छ । 

    यसै वर्षको सुरूमा अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेका बाइडेन र सीबीच अहिलेसम्म प्रत्यक्ष भेटघाट भएको छैन । इटालीमा भएको जी २० शिखर सम्मेलन र ग्लास्गोमा भएको कोप(२६ मा यी दुई नेताबीच साइडलाइन वार्ता हुन सक्ने अनुमान गरिएको थियो । राष्ट्रपति सी यी दुबै कार्यक्रममा सहभागी नभएपछि त्यो सम्भावना सकिएको छ ।

    २१ महिनादेखि सीले चीन छोडेका छैनन् । यो वर्षभरि उनी विदेश जाने कार्यक्रम पनि छैन । यो वर्ष प्रत्यक्ष भेट सम्भव नभएपछि दुई नेता भर्चुअल्ली भेट्न लागेका हुन् ।

    व्यापार युद्धसँगै पछिल्लो समय ताइवानका विषयमा पनि चीन र अमेरिकाबीचको तिक्तता बढिरहेको छ । यस्तो अवस्थामा संसारका दुई ठूला अर्थतन्त्र भएका मुलुकका शीर्ष नेताहरूबीच हुने भर्चुअल भेटलाई महत्वका  साथ हेरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij