बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

संस्कार-संस्कृति

उदाउँदो सूर्यलाई अर्घ्य दिए पश्चात् सम्पन्न भयो छठ पर्व


  • 892
    SHARES
  • https://indrenipost.com/index.php/posts/1685
    कात्तिक २५, २०७८ बिहीबार
    उदाउँदो सूर्यलाई अर्घ्य दिए पश्चात् सम्पन्न भयो छठ पर्व

    काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज बिहानबाट छठ पर्व सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ्य दिएपछि पर्व सम्पन्न भएको हो ।

    छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ्य दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा, अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी, उखु लगायतका फलफूल पनि चढाइएको छ ।

    छठ पर्वको व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइने र सन्तान सुख प्राप्त हुने  धार्मिक विश्वास छ ।

    विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, पोखरी तथा जलाशयहरु सिंगारिएको थियो । कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ्य दिएर छठ पर्व मनाइन्छ ।

    केही वर्ष पहिलासम्म मधेसमा मात्र मनाइने छठ पर्व पछिल्लो समयमा काठमाडौंलगायत काठमाडौंसहित पहाडी जिल्लामा समेत मनाउन थालिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij