बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

आज किराँत धर्मगुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइँदै


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1686
    कात्तिक २५, २०७८ बिहीबार
    आज किराँत धर्मगुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइँदै

    काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु एवम् राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती आज मनाइँदै छ । फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै हरेक वर्ष कात्तिक २५ गते फाल्गुनन्द जन्मजयन्ती मनाउने गरिन्छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले समाज सुधारक एवं किराँत समुदायका महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा किराँत समुदायमा शुभकामना व्यक्त गरेका छन् ।

    विशेषगरी पूर्वी पहाडी जिल्लाहरु पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापालगायतमा फाल्गुनन्द जन्मजयन्ती बिभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।

    ताप्लेजुङ सदरमुकाम फुङ्लिङ, पाँचथरको फिदिम, लव्रेकुटी, रवि, इलामको माङसेवुङ, तेह्रथुमको आठराई सक्रान्तिबजार लगायत किराँतिहरुको बढी बसोबास भएको देशका विभिन्न स्थानमा विशेष कार्यक्रमका साथ फाल्गुनन्दको योगदानको स्मरण गरिन्छ ।

    वि.सं. १९४२ साल कातिक २५ गते इलाममा जन्मिएका फाल्गुनन्दको निधन वि.सं. २००५ सालमा भएको थियो । उनले जीवनको अन्तिम समयसम्म किराँत भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका निम्ती काम गरेका थिए । फाल्गुनन्दले समाज सुधारका निम्ति वि. सं. १९८८ वैशाख २४ गते स्थापना गरेको ‘सत्य हाङ्गमा ९धर्म० मुचुल्का’को नीति चर्चित छ ।

    जस्लाई किराँत समुदायले किराँत सस्कृतिको पहिलो खुट्किलोका रुपमा लिँदै बैशाख २४ गते समाज सुधार दिवसका रुपमा मनाउने गर्छन् ।

    उनको निधन २००५ साल चैत २२ गते भएको थियो । फाल्गुनन्दलाई २०६६ साल मंसिर १६ गते तत्कालीन प्रधानमन्त्री माधव नेपाल नेतृत्वको सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो । सरकारले उनको फोटो अंकित हुलाक टिकट समेत प्रकाशन गर्दै आएको छ ।

    तेह्रथुमको आठराई सक्रान्तिबजार फाल्गुनन्दको १५ फिट अग्लो शालिक समेत निर्माण गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij