बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

राष्ट्रपतिको विवरण संकलन गरी जनगणना शुरु


  • 2.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1706
    कात्तिक २५, २०७८ बिहीबार
    राष्ट्रपतिको विवरण संकलन गरी जनगणना शुरु

    काठमाडौं । राष्ट्रिय जनगणना २०७८ राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुरु भएको छ ।

    बिहीबार बिहान शितल निवासमा पुगेको गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै औपचारिक शुरुवात गरेकी हुन् ।

    बिहीबारबाट राष्ट्रपति भण्डारीको पहिलो विवरण संकलन गर्दै देशभर १२ औं राष्ट्रिय जनगणना शुरु भएको छ ।

    राष्ट्रपतिको जनगणनाका लागि शीतल निवास पुगेका गणकहरुले सोधेको प्रश्नको उत्तर राष्ट्रपति स्वयंले दिएकी थिइन् ।

    केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोली बुधबार बिहान राष्ट्रपति निवासमा पुगेका थिए ।

    जनगणनाको प्रश्नावलीमा ८० वटा प्रश्नहरु समावेश गरिएको छ । देशभर गणकहरु जनताका घर–घरमा पुगेर जनगणना गरिरहेका छन् ।

    ‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित आजदेखि शुरु भएको जनगणना मंसिर ९ गते सकिँदैछ ।

    देशभरको जनगणना गर्न ४० हजार गणक र ८ हजार ५ सय सुपरीवेक्षक खटाइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij