आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

गीति एल्बम ‘आमाको काखै प्यारो’ सार्वजनिक


  • 3.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1800
    कात्तिक २८, २०७८ आइतबार
    गीति एल्बम ‘आमाको काखै प्यारो’ सार्वजनिक

    काठमाडौं । लेखक कमला रिसालको गीति एल्बम ‘आमाको काखै प्यारो’  सार्वजनिक भएको छ ।

    शनिबार काठमाडौंमा सखी प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा. जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’सहित राधेश्याम लेकाली, देवप्रकाश त्रिपाठी, बाबा बस्नेत, हिरण्यकुमारी पाठक, चूडामणि देवकोटा, न्ह्यू बज्राचार्य, राजु सिह, नरेन्द्रबहादुर श्रेष्ठ, प्रमोद प्रधान, जयदेव गौतमलगायतले संयुक्त रूपमा एल्बम सार्वजनिक गरे ।

    कार्यक्रममा प्रा. उपाध्याय ‘प्रेक्षित’ले सर्जक रिसाललाई बधाईसहित शुभकामना मन्तव्य दिँदै आमाको महिमाबारे चर्चा गरे । बाबा बस्नेतले रिसालको परिचय दिएकी थिइन् ।

    मन्जिला अनिलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सखी प्रतिष्ठानका संरक्षक राधेश्याम लेकाली, पत्रकार देवप्रकाश त्रिपाठी, गीतकार चूडामणि देवकोटा, संगीतकार सुरेश सेन्च्युरीलगायतले बोलेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij