१. औद्योगिक क्रान्ति भनेको मानिसहरुले हातको साटो मेसिन प्रयोग गर्न थालेको, नयाँ उर्जा कासोतहरु अपनाएको र उत्पादन प्रणालीमा आमनागरिकमा परिवर्तन आएको ऐतिहासिक कालखण्ड हो । यो पहिलो औद्योगिक क्रान्ति एउटा सिमा रेखा थियो जसले मानव जीवनमा मात्रात्मक रुपमा भइरहेको समाजको गतिलाई पहिलो प्राथमिकता प्रदान गरेको थियो । सन् १७६० देखि १७७३ शुरm भएर १८४० सम्म कायम रहेको अवधिलाई पहिलो औद्योगिक क्रान्तिको अवधि मानिन्छ । यो कृषिबाट उद्योगमा संक्रमण थियो । वाष्प इञ्जिनको आविष्कार सँगै हातले गर्ने काम मेसिनले गर्न थाल्यो, कपडा उद्योग, फलाम र कोइलाको क्रमिक विकास भयो । रेलमार्गको विकासले मान्छे र वस्तुहरुको ओसार पसार, आवत जावतमा अकल्पनिय वृद्धि भयो । गाँउबाट शहरतर्फ जनसंख्या स्थानान्तरण व्यापक रुपमा बढ्न थाल्यो । मजदुर लगायत पूँजीपति वर्ग पैदा भए ।
२.सन् १८७० देखि १९१४ सम्मको अवधिलाई दोस्रो औद्यागिक क्रान्तिको समय मानिन्छ । बिजुली, पेट्रोलियम र स्पातको प्रयोग, विशाल मात्रामा कारखाना उत्पादन, टेलिफोन र मोटर गाडि यस क्रान्तिका खास विशेषताहरु रहेका छन ।
३.सन् १९५० देखि २००० सम्मको अवधिलाई तेस्रो औद्योगिक क्रान्ति काल भनिन्छ । कम्प्युटर र डिजिटल प्रविधिको विकास, इलेक्ट्रोनिक्स र स्वचालनमा आधारित उत्पादन, इन्टरनेट, मोबाइल फोन, सूचना प्रविधिको प्रसार तेस्रो औद्योगिक क्रान्तिका खास विशेषताहरु हुन । डिजिटल संसारको शुर, सेवा क्षेत्रको विस्तार, विश्वव्यापीकरणमा तिव्रता तेस्रो औद्योगिक क्रान्तिले बोकेर ल्यायो ।
४.सन् २००० यताको समयावधि चौथो औद्यागिक क्रान्तिको अवधि हो । भौतिक, डिजिटल र जैविक क्षेत्रहरुको एकीकरण यस क्रान्तिका मुख्य विशेषता हो । कृत्रिम, रोबोटिक्स, वस्तुहरुको इन्टरनेट, ब्लकचेन, थ्री डि प्रिन्टीङ, जैव प्रविधि आदि यस क्रान्तिका जनसंख्या प्रविधिहरु हुन । यो अघिल्ला क्रान्तिहरु भन्दा तीव्र र गहिरो छ । यसले स्वास्थ्य, शिक्षा, कृषि, यातायात, वित्त, उर्जा, आदि क्षेत्रमा व्यापक परिवर्तन ल्याइरहेको छ ।
५.भविष्यमा हुने क्रान्तिलाई पाँचौ औद्योगिक क्रान्ति भनिनेछ । यस क्रान्तिको म७३घढसख्य विशेषता प्रविधि र मानवीय संवेदनाहरुको समायोजन हो । यसमा रोबोट, एआई आधारित प्रविधिले मान्छेलाई विस्थापित गर्ने नभएर सहकार्य गर्नेछ । जस्तो डाक्टरहरुसँग मिलेर एआईले सर्जरी गर्नेछ । शिक्षकहरुसँग मिलेर रोबोटले पढाउने छ । रोबोट र किसान मिलेर खेतिपाती गर्नेछन् । रोबोट र मजदुरहरु मिलेर कारखानामा काम गर्नेछन् । रोबोट, मान्छे र प्रकृति सँगसँगै अगाडी बढ्नेछन ।