बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

प्रवासमा रोजगारीको अवसर

कोरियन भाषा परीक्षा पुस १ देखि हुने (सूचनासहित)


  • 3.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1841
    कात्तिक ३०, २०७८ मंगलबार
    कोरियन भाषा परीक्षा पुस १ देखि हुने (सूचनासहित)

    काठमाडौं । कोरियन भाषा परीक्षा (सीबीटीतर्फ) आगामी पुसमा हुने भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार कोरियन भाषा परीक्षा पुस १ देखि ७ गतेसम्म सञ्चालन गरिने भएको हो । 

    परीक्षा सकिएको १ महिनामै नतिजा प्रकाशन गरिने ईपीएस शाखाले जनाएको छ । कोरियाले नेपाली श्रमिक उत्पादन, कृषि तथा पशुपालन क्षेत्रका कामका लागि लाने गरेको छ । 

    भाषा परीक्षामा सहभागी हुन आगामी मंसिर ६ देखि ८ गतेसम्म आवेदन दर्ता गराइसक्नुपर्ने सूचनामा उल्लेख छ । आवेदन अनलाइनबाट दर्ता गर्नुपर्नेछ ।

    आवेदन फारम भरिसकेपछि प्रवेशपत्र डाउनलोड तथा प्रिन्ट गरी सुरक्षित राख्न ईपीएस शाखाले आग्रह गरेको छ । 

    परीक्षा शुल्क अमेरिकी डलर २४ तोकिएको छ । राष्ट्र बैंकले तोकेको विनिमयदरका आधारमा उक्त रकम बराबरको नेपाली रुपैयाँ ग्लोबल आईएमई बैंकको खातामा जम्मा गर्न भनिएको छ । 

     विस्तृत जानकारी यो स२चना हेर्नुहोस् 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij