बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

समाचार

आजदेखि ई-पासपोर्ट जारी


  • 1.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1869
    मंसिर १, २०७८ बुधबार
    आजदेखि ई-पासपोर्ट जारी

    काठमाडौं । सरकारले आजदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्दै छ । त्रिपुरेश्वरस्थित राहदानी विभागको नयाँ भवनमा बुधबार दिउँसो हुने एक समारोहकाबीच ई-पासपोर्ट जारी गर्ने तयारी विभागले गरेको छ । 

    राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले मेसिन रिडेबल राहदानी (एमआरपी) विस्तारै विस्थापन गर्दै लैजाने उद्देश्यले ई पासपोर्ट जारी गर्न लागिएको जानकारी दिए । त्रिपुरेश्वरमा दिउँसो हुने एक समारोहबीच परराष्ट्रमन्त्री नारायण खड्काले ई–पासपोर्ट सार्वजनिक गर्ने कार्यक्रम छ । 

    महानिर्देशक अर्यालका अनुसार ई पासपोर्टको कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ । साधारण (३४ र ६६ पृष्ठ), कूटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका पासपोर्ट जारी हुनेछन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij