मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

एनआरएनए निर्वाचन डिसेम्बर १५ मा हुने


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1943
    मंसिर ४, २०७८ शनिबार
    एनआरएनए निर्वाचन डिसेम्बर १५ मा हुने

    बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन डिसेम्बर १५ तारिखमा हुने भएको छ । १० औं अन्तर्राष्ट्रिय महाधिवेशन डिसेम्बर १९ र २० मा हुने त्यो अगावै निर्वाचन हुने संघले शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै जनाएको हो ।

    तर असन्तुष्ट पक्षको नेतृत्व गरेका अध्यक्षका प्रत्यासी कुल आचार्यले एकतर्फी निर्वाचन मिति घोषणा गरिएको भन्दै विरोध जनाएका छन् ।

    अध्यक्ष कुमार पन्तले जारी गरेको विज्ञप्तिमा संघले प्रस्तुत गरेको मार्गचित्रमा परराष्ट्र मन्त्री डा.नारायण खड्काले दिएको सकारात्मक प्रतिक्रिया र संघका विभिन्न बैठकले गरेका औपचारिक निर्णयहरुको आधारमा निर्वाचन मिति तोकिएको उल्लेख छ । महाधिवेशन प्रतिनिधिहरुको सूची निर्वाचन समितिलाई शुक्रबार नै बुझाइने समेत विज्ञप्तिमा लेखिएको छ ।

    महाधिवेशन प्रतिनिधि विवादकै कारणले गत अक्टोबरमा हुने संघको अन्तर्राष्ट्रिय महाधिवेशन स्थगित भएको थियो । प्रतिनिधि विवाद चुलिएपछि परराष्ट्र मन्त्रालयले संघलाई निर्वाचन रोक्न भन्दै पत्राचार गरेको थियो ।

    संघका अध्यक्ष पन्तले परराष्ट्र मन्त्रालयबाट १० सेप्टेम्बरमा पत्र प्राप्त भएपछि मन्त्रालय र संघबीच पटक–पटक औपचारिक तथा अनौपचारिक छलफल भएको बताएका छन् ।

    ‘केही समय अगाडि म समेत संलग्न भएको वार्तामा परराष्ट्र मन्त्री डा.नारायण खड्कासँग परराष्ट्र मन्त्रालयमा संघको महाविधेशनको बारेमा घनिभूत छलफल भएको थियो,’ विज्ञप्तिमा लेखिएको छ, ‘संघले प्रस्तुत गरेको मार्गचित्रमा माननीय मन्त्री ज्यूबाट प्राप्त सकारात्मक प्रतिक्रिया र संघका विभिन्न बैठकले गरेका औपचारिक निर्णयहरुको आधारमा १० औं अन्तर्राष्ट्रिय महाधिवेशन आगामी डिसेम्बर १९ र २० मा अयोजना गरिनेछ तथा संघको नयाँ कार्यसमितिको नेतृत्वको लागि निर्वाचन डिसेम्बर १५ तारिखका दिन तोकिएको जानकारी गराइन्छ ।’

    महाधिवेशन स्थगित भएपछि पन्त नेतृत्वले आफ्नो कार्यकाल ६ महिना थप गर्दै नोभेम्बर ३० भित्रै निर्वाचन गर्ने बताएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij