काठमाडौं । गायिका प्रविशा अधिकारीले बिहे गरेकी छन् । आइतबार उनले प्रेमी निर्माण सिटौलासँग विवाह गरेकी हुन् ।
निर्माणको घर झापा चारपाने हो । उनीहरूले आज झापामै लगनगाँठो कसेका हुन् । अघिल्लो आइतबार उनीहरूले झापाकै घरमा इन्गेजमेन्ट गरेका थिए ।
लामो समयदेखि अमेरिकामा बसेका निर्माण दसैंअघि मात्र अमेरिकाबाट नेपाल आएका हुन् । भर्चुअल माध्यमबाट लामो समयदेखि प्रेममा रहे पनि निर्माण अमेरिकाबाट काठमाडौं आएपछि मात्र उनीहरूबीच पहिलोपटक भेट भएको थियो ।
प्रविशा युवा पुस्तामा रुचाइएकी गायिका हुन् । द भ्वाइस किड्स कोच बनेपछि उनी चर्चामा छिन् ।