आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

सांसद मोहन प्रसाद पाण्डे काँग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित


  • 3.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2034
    मंसिर ७, २०७८ मंगलबार
    सांसद मोहन प्रसाद पाण्डे काँग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

    काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत स्याङ्जा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य भएका मोहन प्रसाद पाण्डे महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

    खुलातर्फ चुनावी प्रतिस्पर्धामा उत्रिएका उनी ४७९ मत सहित १२ औं स्थान सिमित रहे। खुलातर्फ महाधिवेशन प्रतिनिधि पदमा १० जना निर्वाचित हुने प्रावधान छ।

    जिल्ला सभापतिका दाबेदार भागवत प्रकाश मल्ल भने सोही क्षेत्रबाट सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि पदमा निर्वाचित भएका छन्। गण्डकी प्रदेश सासंद समेत रहेका मल्लले खुलामा ८५२ मतसहित बिजयी भएका हुन् ।

    जिल्ला सभापतिकै अर्का दाबेदार राजु थापाले पनि सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । थापाले १०१२ मत मध्ये ८२३ मत प्राप्त गरे । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij