बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

आजबाट महिला हिंसाविरुद्धको १६ दिने अभियान


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2059
    मंसिर ९, २०७८ बिहीबार
    आजबाट महिला हिंसाविरुद्धको १६ दिने अभियान

    काठमाडौं । आज (बिहीबार) २५ नोभेम्बर अर्थात् महिला हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस । संयुक्त राष्ट्रसंघको महासभाले २५ नोभेम्बरलाई महिला विरुद्धको हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा तोकेको छ । 

    महिलाहरू बलात्कार, घरेलु हिंसा र अन्य प्रकारका हिंसाको सिकार हुन्छन् भन्ने तथ्यबारे सचेतना फैलाउने उद्देश्यका साथ यस दिन विश्वभर यो दिवस मनाइने गरिन्छ ।

    सन् १९६० मा राजनीतिक कार्यकर्ताहरूले डोमिनिकन रिपब्लिकका तीन मीराबल बहिनीहरू पेट्रिया, मिनर्भा र मारियाको हत्या गरेको दिनको सम्झनामा यस दिवस मनाइने गरिन्छ । त्यस समय  डोमिनिकनको शासक रहेका राफेल ट्रुजिलोको आदेशमा मीराबल बहिनीहरूको निर्ममतापूर्वक हत्या गरिएको थियो ।

    सन् १९८१ मा ल्याटिन अमेरिकी र क्यारिबियन नारीवादी कार्यकर्ताहरूले २५ नोभेम्बरलाई महिलाविरुद्ध भएका हिंसाको विरुद्ध लड्न र जनचेतना फैलाउने दिनको रूपमा स्थापित गरेका थिए । महिला अधिकारकर्मीहरूले १९८१ देखि नै २५ नोभेम्बरलाई लैङ्गिक हिंसाविरुद्धको दिवसका रूपमा मनाउँदै आएका छन् । 

    ७ फेब्रुअरी २००० मा भने संयुक्त राष्ट्रसंघको महासभाले यस दिवसको प्रस्तावलाई पारित गर्दै २५ नोभेम्बरलाई आधिकारिक रूपमा महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा स्थापित गरेको थियो ।

    त्यसयता हरेक वर्षको २५ नोभेम्बरका दिन लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना कायम राख्नका लागि यो दिवस मनाइँदै आइएको छ । 

    त्यस्तै मंगलबारदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानसमेत सुरू भएको छ । २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अर्थात् महिला हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवसदेखि अन्तर्राष्ट्रिय मानवअधिकार दिवससम्मको १६ दिनलाई १६ दिवसीय अभियानको रुपमा विश्वभर मनाउने गरिएको छ । 

    यो १६ दिन महिला हिंसा अन्त्यका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी अभियानकै रूपमा सञ्चालन गरिन्छ । नेपालमा यो १६ दिन विभिन्न संघसंस्था तथा संघ, प्रदेश र स्थानीय सरकारले गोष्ठी तथा जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाउने गर्दछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij