काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी) फरेष्ट्रि कलेज, मूल इकाई समितिको आयोजना तथा श्री गो ग्रिन सर्भिसेससँगको सहकार्यमा सञ्चालित दुई दिने ताालिम हिजो (बिहीबार)देखि सुरु भई आज (शुक्रबार) सम्पन्न भएको छ ।
तालिमको पहिले दिन जिपिएस तथा वन सर्बेषण सम्बन्धी सैद्धान्तिक तालिम भएको थियो भने आज प्राक्टिकल भएको हो । अनेरास्ववियु (क्रान्तिकारी) फरेष्ट्रि कलेज, मूल इकाई समितिका अध्यक्ष सुदीप सिमखडाले जानकारी दिए ।
तालिममा ५० जनाभन्दा बढी विद्यार्थी सहभागी भएको अध्यक्ष सिमखडाले बताए । सिमखडाले दुई दिने तालिम आफूहरुका लागि निकै फलदायी भएको बताए ।
त्यस्तै सहभागी अधिकांश विद्यार्थीले आगामी दिनमा पनि गो ग्रिन सर्भिसेसले यस्ता तालिमको आयोजना गर्नुपर्नेमा जोड दिए ।