शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

शेयर बजारमा आज पनि गिरावट, ३ अर्बको कारोबार


  • 1.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2152
    मंसिर १६, २०७८ बिहीबार
    शेयर बजारमा आज पनि गिरावट, ३ अर्बको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको अन्तिम कारोबारको दिन आज बिहिबार ४९ अंकले घटेको छ । बुधबारबाट सामान्य अंकले सुधार आएको  शेयर बजारमा आज फेरी गिरावट आएको हो ।

    आज नेप्से १.८६ प्रतिशतले घटेर दुई हजार ५ सय ८४ दशमलब ६१ विन्दुमा पुगेको हो । आज ३ अर्ब ४१ करोड ३५ लाख बराबरको ७९ लाख कित्ता शेयर कारोबार भएको छ ।  

    नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा सामलिङ पावर कम्पनी र न्यादि हाइड्रोपावर रहेको छ ।

    त्यसैगरी  मानुषी लघुवित्त वित्तीय संस्था, नबिल ब्यालेन्स फण्ड, सबैको लघुवित्त वित्तीय संस्था आदि कम्पनीको शेयरमूल्य बढेको हो ।

    सामलिङ पावर कम्पनीको शेयरमुल्य सर्किट लेभेलमा बढेर प्रतिकित्ता ५०७.५० रुपैयाँ पुगेको छ भने न्यादि हाइड्रोपावरको शेयरमूल्य ९।९९ प्रतिशतले बढेर प्रतिकित्ता ४१३.१० रुपैयाँ पुगेको छ ।

    त्यस्तै, आज कर्पोरेट विकास बैंकको शेयरमूल्यमा उच्च गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशत भन्दा बढीले घटेको छ ।

    यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस बैंकको आज १२ करोड ४३ लाख भन्दा बढीको कारोबार भएको छ ।   

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij