शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

आज राष्ट्रियसभाको बैठक बस्ने


  • 667
    SHARES
  • https://indrenipost.com/index.php/posts/9490
    असार २७, २०८२ शुक्रबार
    आज राष्ट्रियसभाको बैठक बस्ने

    काठमाडौँ । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न १२ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो  ।

    आजको बैठकमा सांसदहरू सुमित्रा बिसी प्रस्तावक र उर्मिला अर्याल, कमला पन्तलगायतले दर्ता गराएको  ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने भएको छ ।

    यस्तै, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नसक्ने कार्यसूची  रहेकोछ ।

    साथै गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij