काठमाडौँ । नेपाल प्रहरीले ४० किलोग्राम लागुऔषध गाँजासहित पाँच जनालाई ब्यक्तिलाई समातेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा धादिङ गजुरी–४ का निराजन चेपाङ, प्रकाश चेपाङ र शङ्कर चेपाङ, काठमाडौँ महाराजगञ्जका जीवन प्रजा र सुमन चेपाङ रहेका छन् । उनीहरूको साथबाट प्रहरीले रु एक लाख २५ हजार नगदसमेत बरामद गरेको छ । उनीहरूले काठमाडौँ कोटेश्वरस्थित सुननम चेपाङको डेरामा लुकाइछिपाई राखेको अवस्थामा सो परिमाणको गाँजा राखेको र बिक्री वितरण गरेको सुचनाका आधारमा समात्न सफल भएको छ ।
त्यसै गरि चोरी तथा डाँका मुद्दामा सहभागी अन्य २ जना ब्यक्तिलाई समेत पक्राउ सगै आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको छ ।
प्रहरीका अनुसार २०८१ चैत २९ गते पोखराको अम्मरसिंह चोकबाट लेखनाथतर्फ जाँदै गरेको बसमा सवार एक महिलाले घाँटीमा लगाएको दुई तोलाको सुनको सिक्री पोखरा महानगरपालिका –१० शिवचोकबाट उनीहरूले लुटपाट गरेका थिए । सो अभियोगमा काभ्रेपलाञ्चोक बेथानचोकका अञ्जन तामाङ र काठमाडौँ गोकर्णेश्वरका सुरेश तामाङलाई पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौँ गोकर्णेश्वर–४ बाट पक्राउ गरी थप कारबाहीका लागि जिल्ला अदलातबाट म्याद थप गरेको छ।