शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

नेप्से अपडेट : नेप्से एकवर्ष पहिलेकै विन्दुमा झर्‍यो


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2209
    मंसिर २०, २०७८ सोमबार
    नेप्से अपडेट : नेप्से एकवर्ष पहिलेकै विन्दुमा झर्‍यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लिएको व्यवस्थाका कारण प्रभावित सेयर बजार करिब एकवर्ष अगाडिको विन्दुमा आइपुगेको छ । सेयर बजार परिसूचक नेप्से २४०० को लाइनमा झरेको छ ।

    मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा राष्ट्र बैंकले सीडी रेसियोको विषयमा सम्बोधन गर्ने अपेक्षा पूरा नभएपछि लगानीकर्ता आत्तिएको देखिएको छ ।

    सोमबार कारोबार सुरु भएको ५० मिनेटको अवधिसम्म नेप्से ६४ अंकले झरिसकेको छ । गत वर्ष माघ पहिलो हप्ता २४०० बिन्दुमा झरेको नेप्से गत भदौमा ३२०० बिन्दुसम्म पुगेको थियो ।

    बैंक तथा वित्तीय क्षेत्रमा भएको तरलता अभावको मनोवैज्ञानिक असर पूँजी बजारमा परेको लगानीकर्ता बताउँछन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij