मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

भारत पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी नेपाल आउने


  • 1.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2210
    मंसिर २०, २०७८ सोमबार
    भारत पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी नेपाल आउने

    नयाँ दिल्ली । भारतको पश्चिम बंगालकी मुख्य मन्त्री ममता बनर्जी अर्को साता नेपाल भ्रमणमा आउने भएकी छन् । नेपाली कंग्रेसको १४ औँ महाधिवेशनको अवसरमा डिसेम्बर १० देखि १२ मा हुने कार्यक्रममा सहभागी हुन उनी काठमाडौँ आउने भएकी हुन् ।

    उनलाई उद्घाटन समारोहमा डिसेम्बर १० कै दिन निम्ता गरिएको छ । जसलाई प्रधानमन्त्री शेरबहादुर देउवाले हस्ताक्षर गरेका छन् ।

    बनर्जीको उपस्थितिले पार्टीबीचको सम्बन्धदेखि क्षेत्रीय लोकतान्त्रिक सम्बन्ध समेतलाई बलियो बनाउन प्रोत्साहन मिल्ने विश्वास रहेको पत्रमा उल्लेख गरिएको छ ।

    बनर्जीले निमन्त्रणा स्वीकार गरेकी छन् । डिसेम्बर १० कै दिन काठमाडौं उपस्थित भइ कार्यक्रमलाई उनले सम्बोधन गर्नेछिन् । 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij