बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

मन्त्रिपरिषदद्वारा स्वीकृत

एकै पटक स्थानीय तहका १६१३ कर्मचारीको सरुवा (सूचीसहित)


  • 2.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2230
    मंसिर २१, २०७८ मंगलबार
    एकै पटक स्थानीय तहका १६१३ कर्मचारीको सरुवा (सूचीसहित)

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत १६१३ कर्मचारीको मंगलबार एकै पटक सरुवा गरेको छ।मन्त्रालयले लामो समयदेखि अन्तर स्थानीय तह कामकाजमा खटाइदिन अनुरोध गर्दै कर्मचारीले दिएका निवेदनका आधारमा उनीहरुको सरुवा गरिएको जानकारी दिएको छ ।

    मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले लोकसेवा आयोगबाट सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरुको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार ती कर्मचारीको सरुवा गरिएको बताएका छन् ।

    लोक सेवा आयोगबाट सिफारिस भई स्थानीय तहमा नियुक्त भएका कर्मचारीको छनोट प्रदेशगत रुपमा गरिएको थियो । हाल आफूलाई पायक पर्ने स्थानीय तहमा कामकाजमा जान खोज्ने कर्मचारीको प्रवृत्ति देखिएपछि सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रिपरिषदद्वारा स्वीकृत मापदण्ड अनुसार अन्तर स्थानीय तह कामकाजमा खटाउन दुवैतर्फका स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतको हस्ताक्षर भएको दोहोरो सहमति पेस गर्नुपर्ने हुन्छ । 

    यसरी दोहोरो सहमति लिएर निवेदन पेस गरेका स्थानीय तहका कर्मचारीको सरुवा गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अन्तर स्थानीय तह कामकाजमा खटिनका लागि निवेदन दिएका ५७ कर्मचारीको विवरणमा कैफियत देखिएकाले सरुवा गर्न नसकिएको पनि जानकारी दिएको छ । 

    सरुवा भएका कर्मचारीको विवरण

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij