मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

समाचार

प्रेरणादायी र प्रभावशाली १०० महिलाको सूचीमा परेनन् नेपाली महिला, अधिकांश अफगानीको वर्चस्व


  • 2.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2251
    मंसिर २२, २०७८ बुधबार
    प्रेरणादायी र प्रभावशाली १०० महिलाको सूचीमा परेनन् नेपाली महिला, अधिकांश अफगानीको वर्चस्व

    बिबिसीले सन् २०२१ को सबैभन्दा प्रेरणादायी र प्रभावशाली १०० महिलाको सूची सार्वजनिक गरेको छ । समाज र संस्कृतिलगायत आफ्नो क्षेत्रबाट परिवर्तनका नयाँ आयाम थप्न कोसिस गरिरहेका महिलाको सूची सार्वजनिक गरेको हो ।

    जसमा आधा भन्दा बढि अफगानिस्तानी महिला रहेका छन् । बिबिसीले सुरक्षाका कारण उनीहरूको वास्तविक नाम र तस्वीर प्रकाशित गरेको छैन ।

    तालिवानले सन् २०२१ मा अफगानिस्तान फर्किने क्रममा लाखौं अफगान महिलाको जीवन पूरै परिवर्तन गरेको छ । तालिबान शासनले पनि केटीहरूका लागि उच्च माध्यमिक शिक्षामा प्रतिबन्ध लगाएको छ ।

    महिला मामिला मन्त्रालय बन्द गरिएको छ र धेरैजसो अवस्थामा महिलालाई काममा आउन अस्वीकार गरिएको छ । यी महिलाहरूको मनोबल र उपलब्धिको उत्सव मनाउन बिबिसीले सूचीमा राखेको छ ।

    यस वर्ष सूचीमा परेका महिलाहरूमा सबैभन्दा कान्छी नोबेल पुरस्कार विजेता मलाला युसाफजाई, समोआकी प्रथम महिला प्रधानमन्त्री फियाम नाओमी माटाफा, भ्याक्सिन कन्फिडेन्स प्रोजेक्ट परियोजना प्रमुख प्राध्यापक हेडी जे लार्सन र प्रख्यात लेखक चिममान्डा नागोजी अडिची छन् ।

    सूचीमा यसपटक दुईजना भारतीय महिला रहेका छन् । एकजना मञ्जुला प्रदीप र अर्कोमा मुग्धा कालरा छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij