शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

आज शेयर बजारमा ५ अंकको गिरावट, २ अर्बको कारोबार


  • 811
    SHARES
  • https://indrenipost.com/index.php/posts/2278
    मंसिर २३, २०७८ बिहीबार
    आज शेयर बजारमा ५ अंकको गिरावट, २ अर्बको कारोबार

    काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक घटेको छ । आज शेयर बजार ५.८४ अंकले घटेर २ हजार ४ सय ४९.९ बिन्दुमा झरेको हो । बजारमा आज १८९ वटा कम्पनीको २ अर्ब ६७ करोड रुपैयाँ बराबरको ६२ लाख कित्ता शेयर कारोबार भएको छ ।

    ७२ वटा कम्पनीको शेयरमुल्य बढदा १०६ वटा कम्पनीको शेयर मुल्य घटेको छ भने बाँकी १२ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । होटल एण्ड टुरिजम, म्युचुअल फण्ड र अन्य कम्पनी बाहेक सबै कम्पनीको शेयरमूल्य घटेको छ । बजारमा आज हिमालयन डिष्टीलिटरको सर्वाधिक ८८ करोड ५५ लाख कित्ता शेयर कारोबार भएको छ ।

    सिनर्जी पावर कम्पनी, सिंगटी हाइड्रो, लक्ष्मी इक्विटीफण्ड, सपोर्ट लघुवित्त वित्तीय संस्था, सिद्धार्थ इक्विटी फण्ड, युनिभर्सल पावर कम्पनी, बोटर्स नेपाल आदि कम्पनीको शेयरमूल्य बढेको छ ।

    आज सर्वाधिक मूल्य घट्ने कम्पनीहरुमा  सामलिङ पावर कम्पनी, मैलुङ खोला जलविद्युत्त कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, घलेम्दी हाइड्रो र श्री इन्भेष्टमेन्ट आदि कम्पनीहरु रहेका छन् ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij