मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

सर्वेक्षण समाचार

विश्वभर तीन सय पत्रकार जेलमा, २४ जना मारिए


  • 1.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2289
    मंसिर २४, २०७८ शुक्रबार
    विश्वभर तीन सय पत्रकार जेलमा, २४ जना मारिए

    विश्वभरी झण्डै तीन सय जना जेलमा रहेको एक अध्ययनले देखाएको छ । गैरनाफामुलक संस्था कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे)ले गरेको अध्ययनले यो वर्ष डिसेम्बर १ सम्म दुई सय ९३ पत्रकार जेलमा रहेको देखाएको हो । 

    कम्तीमा २४ जना पत्रकार समाचार लेखेकै कारण मारिएका र अन्य १८ जनाको उनीहरूले गरेको कामबाट उत्पन्न भएको कठिन परिस्थितिका कारण मृत्यु भएको सीपीजे जनाएको छ । 

    प्रेस स्वतन्त्रता र सञ्चार माध्यममाथिको आक्रमण सम्बन्धि सीपीजेले गरेको वार्षिक सर्वे अनुसार जेल पर्ने पत्रकारको संख्या २०२० को तुलनामा १५ जनाले वृद्धि भएको छ । 

    पत्रकारहरू जेलमा पर्ने कारणहरू देशअनुसार फरक फरक छन् । अधिकांश पत्रकारहरू भने राजनीतिक उथलपुथल र स्वतन्त्र पत्रकारिताप्रति बढिरहेको असहिष्णुताको कारण जेल पर्ने गरेको सीपीजेले उल्लेख गरेको छ । 

    “सीपीजेले यति धेरैै संख्यामा विश्वभरी पत्रकारहरू कैद भएको अभिलेख राखेको यो छैटौँ वर्ष हो”, सीपीजेका कार्यकारी निर्देशक जोल साइमनले एक विज्ञप्तीमा बताए । “यो संख्याले एकअर्कोसँग जोडिएका दुई चुनौती–सरकार सूचना नियन्त्रण र व्यवस्थापन गर्न कटिबद्ध छन्, र तिनीहरू त्यसो गर्ने प्रयासहरूमा झनै निर्लज्ज हुँदैछन् ।”

    सबैभन्दा धेरै चीनमा बन्दी बनाइएका छन्, त्यहाँ ५० जना पत्रकार जेलमा छन् । त्यसपछि, दोस्रो धेरै म्यानमारमा २६ जना पत्रकार कैद भएका छन् । त्यहाँ सैनिकले कु गरेपछि पत्रकारहरू पक्राउ परेका हुन् । यस्तै, इजिप्टमा २५, भियतनामा २३ र बेलारुसमा १९ जना पत्रकार जेलमा छन् । 

    पहिलो पटक हङकङ पनि पत्रकारलाई बन्दी बनाउने देशको सूचीमा परेको छ । सीपीजेका अनुसार आपराधिक गिरोह अथवा भ्रष्ट अधिकारीविरुद्ध कलम चलाउने पत्रकारहरू निसाना पर्ने मेक्सिको पश्चिमी गोलार्धमा पत्रकारहरूको लागि सबैभन्दा खतरनाक देश हो । गार्जियनबाट 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij