शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

नेप्से २४०० अंकको बिन्दुबाट पनि ओरालो लाग्यो


  • 1.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2329
    मंसिर २६, २०७८ आइतबार
    नेप्से २४०० अंकको बिन्दुबाट पनि ओरालो लाग्यो

    काठमाडौं । सेयर बजार परिसूचक नेप्से २४०० को बिन्दुबाट तल झरेको छ । मौद्रिक नीति समीक्षापछि लगातार घट्दो क्रममा देखिएको नेप्से घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ ।

    साताको पहिलो कारोबार दिन यो समाचार तयार पार्दासम्म बजार परिसूचक नेप्सेमा ६९।४९ अंकको गिरावट हुँदा २३८०।४८ अंकको बिन्दुमा झरेको छ ।

    सुरुआतबाट लगातार घटरिहेको नेप्से करिब ९ महिनापछि २३०० अंकको बिन्दुमा झरेको हो । २०२१ मार्च १६ मा २०० बिन्दुमा रहेको नेप्से आज डिसेम्बर १२ मा  २३०० बिन्दुमा ओर्र्लिएको हो ।

    बजार परिसूचक २३०० बिन्दुमा झर्दा २ बजेर १३ मिनेटसम्म २ अर्ब ८ करोडको कारोबार भएको छ । 

    सबै उपसूचकमा गिरावट हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि २।३१ प्रतिशतले घटेको छ भने विकास बैंक र हाइड्रोपावर उपसूचकमा उच्च गिरावट भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij